बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

इरानका शीर्ष सुरक्षा अधिकारी ओमानमा

मङ्गलबार, २७ माघ २०८२, १५ : ३४
मङ्गलबार, २७ माघ २०८२

मस्कट । इरानको सर्वाेच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी ओमान पुगेका छन् ।

इरान र अमेरिकाबिच ओमानमा भएको अप्रत्यक्ष आणविक वार्तापछि उनी यो भ्रमणमा आएको इरानी सरकारी सञ्चारमाध्यम आईआरएनएले जनाएको छ ।

लारिजानीले ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदीसँग भेट गर्ने कार्यक्रम छ । बुसाइदी उक्त वार्ताका प्रमुख मध्यस्थकर्ता हुन् । उनले ओमानका सुल्तान हैथम बिन तारिक अल–सइदसँग पनि भेट गर्ने तय भएको छ । आईआरएनएका अनुसार मस्कटमा हुने छलफलको एजेन्डामा क्षेत्रीय र पछिल्ला अन्तर्राष्ट्रिय घटनाक्रम तथा इरान–ओमान द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने उपायहरू समावेश छन् । 

विश्लेषकहरूले यस भ्रमणलाई वातामा सकारात्मक प्रगतिको संकेतका रूपमा व्याख्या गरिरहेका छन् । गत साता ओमानले इरानको आणविक कार्यक्रममा केन्द्रित वार्ता आयोजना गरेको थियो, यसको उद्देश्य बढ्दो तनाव र मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिति बढिरहेका बेला तेहरान र वासिङ्टनबिच प्रत्यक्ष टकराव टार्नु थियो ।

दोस्रो चरणको वार्ता हुने पुष्टि भए पनि मिति तय भइसकेको छैन ।

यसैबिच इरानी विदेशमन्त्री अब्बास अराघचीले टर्की, इजिप्ट र साउदी अरबका समकक्षीसँग टेलिफोन वार्ता गरी मुस्कटमा अमेरिकासँग भएको अप्रत्यक्ष वार्ताबारे जानकारी गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप