मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

स्कोडाको नयाँ कम्प्याक्ट एसयुभी ‘काइल्याक’ नेपाली बजारमा, कति पर्छ मूल्य ?

मङ्गलबार, २७ माघ २०८२, १८ : ३६
मङ्गलबार, २७ माघ २०८२

काठमाडाैँ। युरोपेली अटोमोबाइल ब्रान्ड स्कोडाको नयाँ कम्प्याक्ट एसयुभी ‘काइल्याक’ नेपाली बजारमा भित्रिएको छ। स्कोडाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु ग्रुपले मंगलबार काठमाडौं चन्द्रागिरी हिल्समा कार्यक्रम आयोजना गरी यो गाडी सार्वजनिक गरेको हो। 

गाडीको अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल र नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले संयुक्त रूपमा गरेका छन्। नेपालको भौगोलिक अवस्था सुहाउँदो मानिएको काइल्याकमा १.० लिटरको टीएसआई इन्जिन रहेको छ।

यसले ११५ ब्रेक हर्स पावर र १७८ एनएम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार यो पावर र टर्कले नेपाली सडकमा ड्राइभिङका लागि उत्कृष्ट र पर्याप्त शक्ति प्रदान गर्नेछ। 
म्यानुअलको मूल्य ४५ लाख ९० हजार र अटोमेटिकको ५२ लाख ९० हजार रहेको छ। 

एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले एमएडब्लु ग्रुप नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र विश्वसनीय संस्था भएको बताए। उनले विगत ६ दशकदेखि एमएडब्लुले यामाहा, जेसीबी, जिप, स्कोडा लगायतका दर्जनौं ब्रान्डमार्फत ग्राहकलाई सेवा दिइरहेको स्मरण गरे।

अध्यक्ष अग्रवालले  नेपालमा स्कोडाको बिक्री वितरण सुरु गरेको करिब १८ वर्ष (सन् २००७ देखि) पूरा भएको छ। उनले कोभिड महामारीको बढ्दो प्रभावका बीच पनि स्कोडाले आफ्नो बजार हिस्सा र विश्वास गुम्न न बताए । अग्रवालले स्कोडाको सबैभन्दा बलियो पक्ष यसको सुरक्षा रहेको बताए।  

एकपटक स्कोडा चढेका ग्राहकले अर्को गाडी किन्दा पनि स्कोडा नै रोज्ने गरेको (र्‍यापिडबाट कुशक हुँदै कोडियाकमा अपग्रेड हुने) टेन्ड रहेको उनले बताए। 

त्यस्तै,एमएडब्लु ग्रुपका निर्देशक रौनक अग्रवालले स्कोडाको नयाँ एसयुभी ’काइल्याक’ नेपाली बाटो र माटो सुहाउँदो रहेको बताएका छन्।  उनले स्कोडाका गाडी महँगो हुन्छन् भन्ने भ्रमलाई चिर्दै यसको मर्मत खर्च प्रतिस्पर्धी ब्रान्डभन्दा निकै कम रहेको दाबी गरे। 

अग्रवालले  भने, “सामान्यतया स्कोडाको वर्षमा एकपटक सर्भिसिङ गर्दा १० देखि १२ हजार रुपैयाँ खर्च हुन्छ, जबकि प्रतिस्पर्धी मारुतीजस्ता गाडीको खर्च २५ देखि २६ हजारसम्म पुग्ने गरेको छ। स्कोडाको सर्भिसिङ वर्षमा एकपटक वा १५ हजार किलोमिटरमा गरे पुग्छ, जबकि अन्यको २–३ पटक गर्नुपर्ने बाध्यता छ।“ 

उनले नेपालभर १२ वटा स्थानमा स्कोडाको सर्भिस नेटवर्क रहेको र काठमाडौंको सीतापाइलामा ३५ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको नेपालकै सबैभन्दा ठूलो वर्कसप सञ्चालनमा रहेको जानकारी दिए। 

निर्देशक अग्रवालले भने, “नेपालको बाटो अनुमान नै गर्न नसकिने खालको छ। कतै राम्रो हाइवे छ त कतै ढुंगैढुंगा भएको कच्ची बाटो। यस्तो अवस्थामा काइल्याकको ग्राउन्ड क्लियरेन्स र कम्प्याक्ट साइजले निकै सहजता प्रदान गर्छ।“ 

अग्रवालले नेपाली अटोमोबाइल बजारमा आएको परिवर्तनलाई पनि औंल्याए।

“८ वर्षअघि ९५ प्रतिशत म्यानुअल गाडी बिक्री हुन्थ्यो, तर पछिल्लो ६ महिनाको तथ्यांक हेर्दा ५० प्रतिशत हिस्सा अटोमेटिक गाडीले ओगटेको छ,“ उनले भने। 

काइल्याकमा रहेको १.० लिटरको टर्बो इन्जिनको प्रशंसा गर्दै उनले यसले ११५ ब्रेक हर्स पावर र १७८ एनएम टर्क दिने बताए। “यो पावर र टर्क प्रतिस्पर्धी गाडीहरूको तुलनामा ५० प्रतिशतले बढी हो, जुन नेपालको उकालो बाटोका लागि वरदान सावित हुनेछ,“ अग्रवालले भने। 

उनले विश्वमै उत्कृष्ट मानिने युरोपेली इन्जिनियरिङ र सुरक्षा मापदण्ड स्कोडाले नेपाली उपभोक्तालाई सुलभ मूल्यमा उपलब्ध गराएको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप