एनआरएनए सञ्चालक समिति बैठकः सदस्यता र निर्वाचन प्रक्रिया टुंग्यायो
सारांश
- एनआरएनएको सञ्चालक समितिको बैठकले सदस्यता व्यवस्थापन, प्रतिनिधि छनोट र आर्थिक पारदर्शितासम्बन्धी निर्णय गर्यो।
- सदस्यता दर्ता प्रणालीमा रहेका सदस्यहरूको संख्या यकिन गरी इमेल र फोन नम्बर अद्यावधिक गरिने निर्णय गरियो।
- आगामी महाधिवेशनका लागि निर्वाचन प्रक्रियालाई स्वच्छ बनाउन कार्यविधि तयार गर्ने र लेखापरीक्षण गर्ने निर्णय भयो।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापश्चात् गठित सञ्चालक समितिको दशौँ बैठक शनिबार सम्पन्न भएको छ ।
महासचिव गौरीराज जोशीको सञ्चालनमा माघ २४ गते सम्पन्न बैठकले सदस्यता व्यवस्थापन, प्रतिनिधि छनोट, निर्वाचन प्रक्रिया तथा आर्थिक पारदर्शितासम्बन्धी महत्त्वपूर्ण निर्णय गरेको छ ।
बैठकले हाल सदस्यता दर्ता प्रणालीमा रहेका सबै पञ्जीकृत सदस्यहरूको संख्या यकिन गर्ने निर्णय गरेको छ ।
यसमा उच्चस्तरीय समिति र समानान्तर राष्ट्रिय समन्वय परिषद्बाट प्राप्त सदस्यहरू पनि समेटिनेछन् । यकिन गरिएका सदस्यहरूको इमेल वा फोन नम्बर अद्यावधिक गरिने र सम्बन्धित राष्ट्रिय समन्वय परिषद् तथा बृहत् एकतामा समाहित दुवै कार्यसमितिबाट प्रमाणीकरण गरिने बैठकले निर्णय गरेको छ । साथै विधानअनुसार सदस्यता शुल्क बुझाएको हुनुपर्ने व्यवस्था लागु गरिने निर्णय भएको छ ।
अक्टोबर २०२५ का लागि तय गरिएको १२औँ महाधिवेशनका प्रतिनिधिका लागि आवेदन दिइसकेकाहरूलाई पुनः सहमतिका लागि जानकारी गराइने र तोकिएको समयभित्र असहमति नजनाएका आवेदकहरूको आवेदन पुनः प्रमाणीकरण गरिने र नयाँ आवेदकका लागि फागुन १ गते राति १२ बजेसम्म आवेदन खुला गरिने पनि बैठकले निर्णय गरेको छ ।
जसअनुसार अन्तिम प्रतिनिधि सूची राष्ट्रिय समन्वय परिषद्ले फागुन ३ गतेसम्म पठाइसक्नुपर्नेछ।
बैठकले निर्वाचन प्रक्रिया स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन आवश्यक कार्यविधि तयार गर्ने निर्णय गरेको छ ।
साथै संघका दुवै पक्षको आर्थिक अवस्था पारदर्शी बनाउन स्वतन्त्र तेस्रो पक्षबाट लेखापरीक्षण गरिने, जसको संयोजन पूर्वअध्यक्ष आरके शर्माले गर्ने र प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन समितिका सदस्यलाई नियुक्तिपत्र पठाउने निर्णय पनि बैठकले गरेको छ ।
आगामी महाधिवेशनमा विधान संशोधन र सबै सदस्यलाई मतदान अधिकार दिने विषयमा संकल्प प्रस्ताव अघि बढाउने सहमति समेत बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण