इन्जिनियर विष्टविरुद्ध आरोपपत्र दायर
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इञ्जिनियर सुबास विष्टविरुद्ध आरोपपत्र दायर गरेको छ।
- विष्टले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इन्जिनियर सुबास विष्टविरुद्ध मंगलबार विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ ।
करार सेवामा कार्यरत विष्टले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा रु एक करोड ९७ लाख १० हजार १५७ बिगो कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
उनका अनुसार निजले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति बुबाको नाममा रहेको देखिँदा बुबा सुदर्शन विष्टउपर पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९२० बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना गरी लुकाई छिपाइ राखिएको बिगो सम्पत्ति जफत गर्न माग दाबी लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होटलमा भेट भएकासँग ट्याटु खोप्ने विषयमा विवाद हुँदा हत्या
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण