टी–२० विश्वकपमा पाकिस्तानको लगातार दोस्रो जित, अमेरिका ३२ रनले पराजित
सारांश
- पाकिस्तानले अमेरिकालाई ३२ रनले पराजित गर्दै टी-२० विश्वकपमा शानदार जित हासिल गर्यो।
- पाकिस्तानका साहिबजादा फरहानले ७३ रन र बाबर आजमले ४६ रनको योगदान दिए।
- अमेरिकाले १९१ रनको लक्ष्य पछ्याउँदै १५८ रन मात्र बनाउन सक्यो, जसका कारण पाकिस्तानले जित हासिल गर्यो।
काठमाडौँ। आइसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा पाकिस्तानले अमेरिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ३२ रनको शानदार जित हात पारेको छ । मंगलबार सम्पन्न समूह चरणको १२ औँ खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनको बलियो योगफल तयार पारेको थियो ।
पाकिस्तानको इनिङ्समा ओपनर साहिबजादा फरहानले विस्फोटक ब्याटिङ गर्दै टोलीलाई मजबुत सुरुवात दिलाए । उनले ४१ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७३ रन जोडे। कप्तान बाबर आजमले पनि जिम्मेवार इनिङ्स खेल्दै ३२ बलमा ४ चौका र १ छक्कासहित ४६ रनको महत्वपूर्ण योगदान दिए ।
इनिङ्सको अन्त्यतिर शादाब खानले आक्रामक ब्याटिङ गर्दै केवल १२ बलमा ३० रन जोडे भने सइम अयुबले १९ रन बनाए । अन्य ब्याट्सम्यानबाट भने अपेक्षित योगदान आउन सकेन । कप्तान सलमान अली आघा १ रनमै आउट भए भने उस्मान खान शून्य रनमा रन आउट भए ।
१९१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्र बनाउन सक्यो । पाकिस्तानका बलरहरूले नियमित अन्तरालमा विकेट लिँदै अमेरिकालाई लक्ष्य नजिक पुग्न दिएनन् ।
यस जितसँगै पाकिस्तानले समूह ‘ए’ मा लगातार दोस्रो जित दर्ता गर्दै ४ अंक जोडेको छ । यसअघि पाकिस्तानले नेदरल्यान्ड्सविरुद्ध भएको खेलमा ३ विकेटले जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण