राष्ट्रिय जिम्मेवारी महसुस गरेर काम गर्न प्रधानमन्त्रीलाई आग्रह
काठमाडाैँ । नेपाली कांग्रेसका सांसद पदम परियारले प्रधानमन्त्री शुशीला कार्कीलाई राष्ट्रिय जिम्मेवारी महसुस गरेर काम गर्न आग्रह गरेका छन्। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा शुन्य समयमा बोल्दै उनले प्रधानमन्त्रीलाई निर्वाचनको लागि निष्पक्ष र पारदर्शी वातावरण सुनिश्चित गर्न आग्रह गरे ।
सरकारले गरेको पछिल्ला केही निर्णयले निर्वाचन शान्तिपूर्ण, भयरहित र धाँदलीरहित हुने कुरामा आशंका उत्पन्न भएको उनले बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्याधिवक्ताको कार्यलय र गैरआवासीय नेपाली संघको महाविधेशनको आयोजक सरकार रहेने विषमा असन्तुष्टि जनाए ।
मतदाताको करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा अदालतको फैसलाअनुसार जेल सजाय भोगिरहेका एक उम्मेदवारको मुद्दा फिर्ता लिने विवादास्पद र शंकास्पद निर्णय गरेर नागरिक सरकारले दलिय पक्षधरता लिएको उनको आरोप छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन स्वयं सरकार आयोजक बसेर निर्वाचनको मुखमा गरिनु पनि उपयुक्त नभएको उनले बताए । यी र यस्तै निर्णयले सरकार कुनै अमुक दल वा उम्मेदवारतर्फ क्रमशः पक्षधर बन्दै गएको त होइन भन्ने प्रश्न नागरिक तहमा उठ्न थालेको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण