रामेछापमा भएको सडक दुर्घटनाको छानबिन गर्न माग
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले हालै रामेछापमा भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन तत्काल कदम चाल्न नेपाल सरकारसँग माग गरेको छ । महासंघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त माग गरेको हो ।
मंगलबार काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बा.प्र.००१–०५ ख ९९७५ नम्बरको अरनिको बस रामेछापको मन्थली नगरपालिका–६, बेनीघाट पुल नजिक बिहान १०ः४० बजे तामाकोशी नदीमा खसेको थियो । उक्त दुर्घटनामा परी १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रेस विज्ञप्तिमार्फत महासङ्घले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सिट क्षमताभन्दा बढी यात्रु नबोक्नसमेत आग्रह गरेको छ ।
महासङ्घले नेपालभर सञ्चालित आफ्ना सम्पूर्ण सदस्य सङ्घ/समिति/कम्पनी/प्रालिहरूलाई सिट क्षमताभन्दा बढी यात्रु नबोक्न, यात्रुको टिकट काट्दा अनिवार्य रूपमा पहिचान खुल्ने गरी नाम, सम्पर्क नम्बर उल्लेख गर्न तथा दैनिक रेकर्ड अद्यावधिक गर्न निर्देशन दिएको छ ।
विशेष गरी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा हिमाली, तराई र पहाडी ग्रामीण क्षेत्रमा यातायात सञ्चालन गर्दा सिट क्षमताभित्र मात्र यात्रु राखेर सेवा सञ्चालन गर्न समेत महासङ्घले आग्रह गरेको छ ।
सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले सडकको अवस्था र यात्रुको चापलाई प्रत्यक्ष रूपमा नियमन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । दुर्घटनामा तत्काल हेलिकप्टरबाट उद्धार गरी यात्रुको जीवन सुरक्षाको व्यवस्था मिलाउन पनि माग गरिएको छ ।
विज्ञप्तिमा विगतमा नेपाल सरकारद्वारा गठित सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनलगायत अन्य दुर्घटना छानबिन प्रतिवेदनहरू कार्यान्वयन नहुँदा दिनप्रतिदिन सडक दुर्घटनाको जोखिम बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ । महासङ्घले सरकारद्वारा गठित दुर्घटना अध्ययन प्रतिवेदनहरू तत्काल कार्यान्वयनका लागि पनि अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण