पतिसँगको सम्बन्ध बिग्रिएर जोखाना हेराउन आएकी महिला लिएर तान्त्रिक फरार
सारांश
- इन्दौरमा एक महिला आफ्नो पतिको सम्बन्ध सुधारका लागि तान्त्रिककहाँ गएकी थिइन्।
- तान्त्रिकको सल्लाह अनुसार पूजापाठ गर्दा महिला र तान्त्रिकबीच सम्बन्ध स्थापित भयो, र उनी फरार भए।
- प्रहरीले महिला र तान्त्रिकलाई भोपालबाट फेला पारी नियन्त्रणमा लिएको छ, र अनुसन्धान जारी छ।
नयाँ दिल्ली । पतिसँगको सम्बन्ध बिग्रिएर जोखाना हेराउन आएकी महिलालाई लिएर एक तान्त्रिक फरार भएको घटना प्रकाशमा आएको छ ।
यो घटना भारतको मध्य प्रदेश राज्यको इन्दौरमा भएको हो । बाणगंगा थाना क्षेत्र निवासी महिलाको सम्बन्ध पतिसँग त्यति राम्रो थिएन ।
उनी राकेश जाटव नाम गरेका एक तान्त्रिक समक्ष आफ्नो समस्या लिएर जोखाना हेराउने उद्देश्यले पुगेकी थिइन् । तान्त्रिककै सल्लाह अनुसार पूजा–पाठका क्रममा दुवैबिच निकट सम्बन्ध स्थापित हुँदै गएको बताइन्छ ।
घरेलु तनावमा रहेकी ती महिलाले तान्त्रिकसँगको केही दिनको निकटताकै कारण पतिलाई छाडेर तान्त्रिकसँगै बस्ने निधो गरेको पाइएको छ ।
अचानक घरबाट गायब भएपछि महिलाको परिवार पक्षले प्रहरीमा उजुरी गरेका थिए । प्रहरी स्रोतका अनुसार तान्त्रिकसँग महिलाको सम्बन्ध रहेको थाहा पाएपछि खोजी गर्दा दुवै फरार भएको तथ्य खुलेको हो ।
खोजीका क्रममा ती महिलाको अन्तिम लोकेसन भोपाल सहरमा रहेको पाइएको प्रहरीको भनाइ छ । सोही क्रममा भोपाल पुगेको प्रहरी टोलीले ती महिला र तान्त्रिकलाई फेला पारेर नियन्त्रणमा लिएको छ ।
उनीहरू दुवैलाई इन्दौरमा ल्याइएको र सोधपुछ भइरहेको प्रहरीको भनाइ छ । रुबीना मिजबानी नाम गरेकी प्रहरी अधिकारीका अनुसार महिलाका पति र परिवारका अन्य सदस्यले दिएको उजुरीका आधारमा थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण