अस्ट्रेलियाले आयरल्यान्डलाई दियो १८३ रनको लक्ष्य
बुधबार, २८ माघ २०८२, १७ : ११
सिंहाला/श्रीलंका । अस्ट्रेलियाले टी–२० विश्वकपको १४ औं खेलमा आयरल्यान्डलाई जितका लागि १८३ रनको लक्ष्य दिएको छ ।
समूह 'बी' अन्तर्गतको यो खेलमा कंगारुहरूले टस जितेर ब्याटिङ रोज्दै २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाए । अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक ४५ रन बनाए । त्यस्तै जोश इंग्लिस र म्याट रैनशाले समान ३७–३७ रनको योगदान दिए ।
बलिङतर्फ आयरल्यान्डका मार्क अडायरले २ विकेट लिए । म्याथ्यु हम्फ्रीज, जर्ज डकरेल र ह्यारी टेक्टरले १–१ विकेट हात पारे ।
जारी विश्वकपमा अस्ट्रेलियाको यो पहिलो खेल हो भने आयरल्यान्डले यसअघि पहिलो खेलमा श्रीलंकासँग २० रनले पराजय भोगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण