२ अर्ब ४१ करोड बढीको हुन्डी कारोबारमा संलग्न गुप्ता पुर्पक्षका लागि जेल चलान
सारांश
- वीरगन्जका एक व्यक्ति २ अर्ब ४१ करोडको हुन्डी कारोबारमा पक्राउ परे, उनलाई अदालतले जेल चलान गरेको छ।
- प्रहरी अनुसन्धानमा गुप्ताले भारतबाट हुन्डीमार्फत रकम ल्याएर बैंक खातामा जम्मा गरेको खुलेको छ।
- गुप्ताले गैरकानुनी सम्पत्ति लुकाउन विभिन्न व्यक्तिको खाता प्रयोग गरेको र उनीमाथि मुद्दा दायर भएको छ।
वीरगन्ज । गैर कानुनी रूपमा २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको हुन्डी कारोबार गरेको आरोपमा पक्राउ परेका वीरगन्जका एक व्यक्तिलाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ ।
वीरगन्ज महानगरपालिका-१ निवासी प्रशान्तकुमार गुप्ता गत १७ पुसमा पक्राउ परेका थिए । प्रारम्भमा उनी ५० हजार रुपैयाँसहित पक्राउ परेका थिए । त्यसपछि प्रहरीले उनका विभिन्न बैंक खातामाथि अनुसन्धान अघि बढाएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अनुसन्धानका क्रममा गुप्ताको विभिन्न बैंक खाताबाट कुल २ अर्ब ४१ करोड ७८ लाख २३ हजार ३ सय रुपैयाँ बराबरको कारोबार भएको पाइएको छ । पर्सा प्रहरी प्रमुख सुदीप राज पाठकका अनुसार सुरुवाती रूपमा थोरै रकमसहित पक्राउ परेका गुप्ताको खाताको विस्तृत अध्ययन गर्दा ठुलो परिमाणमा आर्थिक कारोबार भएको तथ्य खुलेको हो ।
प्रहरी अनुसन्धानबाट गुप्ताले भारतको रक्सौलबाट नेपाली रुपैयाँ हुन्डीमार्फत नेपाल भित्र्याई विभिन्न बैंक खातामा जम्मा गर्ने र त्यसपछि अन्य व्यक्तिहरूको खातामार्फत रकम स्थानान्तरण गरी गैर कानुनी सम्पत्ति लुकाउने गरेको खुलेको जनाएको छ ।
उक्त कारोबार बैंकमार्फत उच्च परिमाणमा भएको देखिएपछि प्रहरीले गुप्ताविरुद्ध २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै संगठित हुन्डी कारोबार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको थियो । सोही मुद्दामा सुनुवाइ गर्दै पर्सा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । जेल चलान गरिएका गुप्ताको खातामा रहेको ३३ लाख भन्दा बढी रकम समेत जफत गरिएको पर्सा प्रहरीले जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
-
मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तीनै तहका सरकारलाई कार्ययोजना पठाइने
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर
-
‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला
-
विष्णु पौडेलको मुद्दामा अदालतले भन्यो– ‘वास्तविक लाभग्राहीलाई छाडेर सहजकर्तालाई मात्र मुद्दा चलाइयो’
-
मुटु रोगका बिरामीको सङ्ख्या बढ्दो, विशेषज्ञ चिकित्सकको चरम अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण