टी–२० विश्वकपः वेस्ट इन्डिजको प्रभावशाली जित, इंग्ल्यान्ड ३० रनले पराजित
सारांश
- टी-२० विश्वकपमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले पराजित गर्यो।
- वेस्ट इन्डिजका शेरफन रदरफोर्डले ७६ रनको उत्कृष्ट पारी खेले भने जेसन होल्डरले ३३ रन जोडे।
- इंग्ल्यान्ड १९ ओभरमा १६६ रनमा समेटियो, आदिल राशिदले २ विकेट लिए।
काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत समूह चरणको खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले पराजित गरेको छ ।
बुधबार टस जितेर पहिले बलिङ रोजेको इंग्ल्यान्डविरुद्ध वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो ।
वेस्ट इन्डिजका लागि शेरफन रदरफोर्डले उत्कृष्ट प्रदर्शन गरे । उनले ४२ बलमा अविजित ७६ रनको आक्रामक पारी खेले, जसमा २ चौका र ७ छक्का समावेश थिए। त्यस्तै, जेसन होल्डरले १७ बलमा ३३ रन जोड्दै टोलीलाई बलियो अवस्थामा पुर्याए भने रोस्टन चेजले ३४ रनको महत्वपूर्ण योगदान दिए ।
जवाफमा १९७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभरमै १६६ रनमा समेटियो ।
इंग्ल्यान्डका लगि साम करनले सर्वाधिक ४३ रन बनाए । फिल साल्टले आक्रामक सुरुवात गर्दै १४ बलमा ३० रन जोडेका थिए भने ज्याकब बेथेलले ३३ रनको योगदान दिए । कप्तान ह्यारी ब्रुकले १७ रन बनाए ।
यसअघि इंग्ल्यान्डले आफ्नो पहिलो खेलमा नेपाललाई चार रनले पराजित गरेको थियो भने वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनले हराएको थियो । आजकाे जितसँगै समूह ‘सी’ मा रहेकाे वेस्ट इन्डिजले ४ अंकसहित तालिकामा पहिलाे स्थान हात पारेकाे छ भने इंग्ल्यान्ड २ अंक सहित दाेस्राे स्थानमा रहेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण