छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाकाे मृत्यु, ६ जना घाइते
काठमाडौँ । नेपालका विभिन्न तीन जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पाल्पा, चितवन र दाङमा बिहीबार भएका यी दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा एक मोटरसाइकल चालक र एक अटो चालक र त्यसमा सवार व्यक्ति रहेका छन् ।
पाल्पाको माथागढी गाउँपालिका–१ बुढिकोटमा लु.२१ प ९०१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ६० वर्षीय कमलराज न्यौपानेको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका न्यौपानेको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । यसैगरी, चितवनको भरतपुर महानगरपालिका–७ प्रेम बस्ती स्कुल चोकमा स्कार्पियोले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। बा.प्र ०१–०२९ च १४१७ नम्बरको स्कार्पियोले बा.प्र ०३–००१ ह २३८८ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार ४४ वर्षीय मिन बहादुर खत्री क्षेत्रीको ज्यान गएको हो ।
दुर्घटनामा घाइते भएका अटो चालकसहित अन्य चार जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। प्रहरीले स्कार्पियो चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।
दाङको गढवा गाउँपालिका–१ जुरौनीमा पनि टिपरको ठक्करबाट एक अटो चालकको मृत्यु भएको छ। ना.८ ख ३२६४ नम्बरको टिपरले रा.१ ह ७३५५ नम्बरको अटोलाई ठक्कर दिँदा ३६ वर्षीय अटो चालक जोर कुमार पुनको मृत्यु भएको हो। भालुवाङ अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो भने अटोमा सवार अन्य दुई जना घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ र सबै दुर्घटनाका सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण