प्रशासनको निषेधाज्ञामाथि राजेन्द्र लिङ्देनको प्रश्न: चुनाव विथोलिन नदिन कि आफैँ बिथोल्न ?
बिहीबार, २९ माघ २०८२, १७ : २७
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको निषेधाज्ञाप्रति आपत्ति जनाएका छन्। प्रशासनले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रमलाई लक्षित गर्दै लगाएको निषेधाज्ञालाई लिएर अध्यक्ष लिङ्देनले प्रश्न उठाएका हुन्।
अध्यक्ष लिङ्देनले प्रशासनको यो कदम चुनावलाई सुरक्षित बनाउने बहानामा उल्टै राजनीतिक वातावरण बिगार्न लक्षित रहेको आरोप लगाएका छन्। उनले बिहीबार सामाजिक सञ्जालमार्फत प्रश्न गर्दै भने, 'जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको निषेधाज्ञा चुनाव विथोलिन नदिन हो कि आफैँ विथोल्न लागेको हो? यो स्पष्ट हुनुपर्छ।'
उनले कुनै पनि व्यवस्था वा नियम संविधानको मर्म विपरीत र शासकको इच्छाअनुसार मात्र प्रयोग हुन थाले त्यसको वैधता समाप्त हुने चेतावनी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड
-
वाणिज्य बैंकमा सुन धितो राखेकाहरूले गरे प्रदर्शन
-
बागमतीको बजेटः स्थानीय तहलाई नगदभन्दा ‘प्रोजेक्ट’ मा जोड
-
नेपालले भारत र चीनसँगको सम्बन्धलाई आर्थिक समृद्धिमा बदल्नुपर्छ : अर्थशास्त्री ओली
-
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न
-
रास्वपाका दुई महामन्त्री पदमा आकांक्षीको लर्काे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण