सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

वाणिज्य बैंकमा सुन धितो राखेकाहरूले गरे प्रदर्शन

सोमबार, ०८ असार २०८३, १५ : ०४
सोमबार, ०८ असार २०८३

सारांश

  • राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा सुन धितो राखेर कर्जा लिएकाहरूले प्रदर्शन गरेका छन् ।
  • २०८२ भदौ २४ मा बानेश्वर शाखाबाट १८ केजी सुन चोरी भएपछि धितो राख्नेहरूले आफ्नो सुन नै फिर्ता चाहिने माग राखेका हुन् ।
  • बैंकले सेवा शुल्क कटाएर थोरै रकम फिर्ता लिन भनेको पीडितहरूको आरोप छ ।

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा सुन धितो राखेर कर्जा लिएकाहरूले प्रदर्शन गरेका छन् । उनीहरूले सोमबार सिंहदरबारस्थित राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका हुन् । 

जेनजी आन्दोलन हुँदा २०८२ भदौ २४ मा बानेश्वर शाखाबाट १८ केजी सुन चोरी भएको थियो । धितो राख्नेहरूले आफ्नो सुन नै फिर्ता चाहिने माग राख्दै प्रदर्शन गरेका हुन् । तर, बैंकले सेवा शुल्क कटाएर थोरै रकम फिर्ता लिन भनेको पीडितहरूको आरोप छ ।

१५ जनाभन्दा बढी पीडितहरुले अहिले वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप