मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

बागलुङमा स्कूल भ्यान दुर्घटना हुँदा २३ विद्यार्थी घाइते

बिहीबार, २९ माघ २०८२, २० : १२
बिहीबार, २९ माघ २०८२

बागलुङ । बागलुङ बजारमा स्कूल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते भएका छन् । बागलुङ नगरपालिका–१ रामरेखादेखि रातामाटा तर्फ जाँदै गरेको न्यू एभरेष्ट बोर्डिङ स्कुलको ग ३ च ८६२१ नम्बरको न बिहीबार अपराह्न साढे ४ बजे दुर्घटना भएको हो ।

घाइतेहरुलाई उपचारको लागि धौलागिरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए । घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ ।

भ्यान मध्यपहाडी लोकमार्गबाट करिब ६० मिटर तल खसेको उनले जानकारी दिए । घाइते विद्यार्थीको पहिचान नखुलेको उनले बताए । थप विवरण आउन बाँकी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप