नीर शाह निर्देशनमा कम ब्याक, थाले ‘कमला मिस’ को निर्देशन
सारांश
- वरिष्ठ कलाकार निर शाह एक दशकपछि 'कमला मिस' फिल्म मार्फत निर्देशनमा फर्किएका छन्।
- फिल्ममा मानव मनोविज्ञानका सूक्ष्म पाटोलाई केन्द्रमा राखिएको छ, जसमा शाहसँगै अन्य कलाकारको अभिनय रहनेछ।
- विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुति रहेको फिल्मको छायांकन ललितपुरमा सुरु भएको छ।
काठमाडौँ । वरिष्ठ कलाकार तथा निर्देशक निर शाह फिल्म निर्देशनमा कम ब्याक भएका छन् । मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ फिल्म ‘कमला मिस’ मार्फत एक दशकपछि उनी निर्देशनमा पुनः सक्रिय भएका हुन् । शुक्रबार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा विधिवत् शुभमुहूर्त गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको छ ।
‘कमला मिस’ मा मानव मनोविज्ञानका सूष्म आयामलाई केन्द्रमा राखिएको छ । फिल्ममा निर्देशक शाहसँगै बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्तकुमार श्रेष्ठ, जयन्त रेग्मी मुख्य भूमिकामा देखिनेछन् ।
विजय मल्ल स्मृति प्रतिष्ठान द्वारा प्रस्तुत फिल्मको कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान रहेका छन् भने लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) छन् । फिल्मको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।
शाहले यसअघि निर्देशन गरेका फिल्म ‘वासुदेव’, ‘पच्चिस वसन्त’, ‘राजमति’, ‘वसन्ती’, ‘मसान’, ‘सेतो बाघ’ पर्दछन् । अभिनयमा करिब ३ सयभन्दा बढी गरेका छन् । उनी अभिनीत पछिल्लो फिल्म ‘परान’ले बक्स अफिसमा करिब १८ करोड रुपैयाँ कलेक्सन गर्दै व्यावसायिक सफलता हासिल गरेको थियो । ‘कमला मिस’ मार्फत निर शाहले पुनः नेपाली दर्शकमाझ गहिरो वैचारिक संवाद स्थापित गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र' को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण