पूर्वराजा शाह झापाबाट काठमाडौँ प्रस्थान
शुक्रबार, ०१ फागुन २०८२, १२ : २४
झापा । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ प्रस्थान गरेका छन् । यसअघि बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने भनिएपनि उनी कैलाश एयरको हेलिकोप्टरमार्फत काठमाडौँ प्रस्थान गरेका हुन् ।
मौसमको कारण जहाज डिले हुने भएपछि शाहले हेलिकप्टरमार्फत काठमाडौँ प्रस्थान गरेको सुरक्षा स्रोतले जानकारी दियो । मध्यान्ह १२ बजे काठमाडौँतर्फ प्रस्थान गरेका उनी करिब १ घण्टा १० मिनेटमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।
शुक्रबार राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागतमा मानिस भेला गर्ने तयारी गरिरहेका छन् । प्रदर्शनको क्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने आकलन गरेर प्रहरीले उच्च सुरक्षा सर्तकर्ता अपनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण