शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

दोस्रो सातामा ‘कुमारी’ र ‘रमिताको पिरती’

शुक्रबार, ०१ फागुन २०८२, १२ : ३९
शुक्रबार, ०१ फागुन २०८२

काठमाडौँ । फिल्महरू ‘कुमारी’ र ‘रमिताको पिरती’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्न सफल भएका छन् । गत २४ माघबाट देशभर प्रदर्शनमा आएका यी दुई फिल्मले दर्शकको राम्रो साथ पाएको बताइन्छ । फिल्मको बक्सअफिस रिपोट सोमबारबाट सार्वजनिक हुनेछ । त्यसपछि मात्र फिल्मको व्यवसाय भन्न सकिनेछ ।

‘कुमारी’ दिनेश राउत निर्देशित फिल्म हो । युवा–युवतीको प्रेम कथामा आधारित फिल्म ‘कुमारी’ नेपालसँगै अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूमा पनि प्रदर्शनमा आएको छ । निर्माता महेन्द्र अधिकारी रहेको फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारी, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की लगायतको अभिनय छ । विकास सुवेदीको लेखन र सुसन प्रजापतिको छायाङ्कन रहेको यो फिल्मका कार्यकारी निर्माता केदार भुसाल हुन् ।

त्यस्तै ‘रमिताको पिरती’ महिला निर्देशक सुदीप्ता अधिकारीले निर्देशन गरेकी हुन् । ब्रेकअपको कथामा बनेको फिल्मले विशेष गरी युवापुस्तामा देखिने प्रेम, धोका र ब्रेकअपपछिको मानसिक अवस्थालाई महिलाको दृष्टिकोणबाट प्रस्तुत गरेको छ ।

 फिल्ममा आना शर्मा, विनय श्रेष्ठ, धीरज मगर, समीर श्रेष्ठ, गौमाया गुरुङ लगायतको अभिनय छ । सागर लम्साल निर्माता रहेको फिल्ममा आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माताका रूपमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप