प्रहरी चौकीको भवन बनाउन निःशुल्क जग्गा दान
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।
भगवतीका राज गिरीले तीन रोपनी जग्गा राखु भगवति प्रहरी चौकीलाई उपलब्ध गराएका हुन् । सरकारी दररेट अनुसार करिब रु १४ लाख मूल्य कायम भएको जग्गा स्थानीय बजारभाउमा सोभन्दा बढीपर्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए ।
जग्गादाता गिरी र उनकी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालयले सम्मान पनि गरेको छ । जग्गा प्राप्त भएपछि भवन निर्माणका लागि बजेट र योजना माग गरिने उनले बताए । राखु भगवती प्रहरी चौकी हाल भाडाको घरबाट सञ्चालन हुदै आएको छ ।
म्याग्दीको इलाका प्रहरी कार्यालय दरवाङ, घोडेपानी, बाबियाचौर, गलेश्वर, रत्नेचौर, मङ्गलाघाट, चिमखोला, तिप्ल्याङ, दाना र घारको प्रहरी इकाईको अझै आफ्नै भवन छैन ।
सामुदायिक भवन र भाडाको घरबाट ती चौकी सञ्चालन भएका छन् । जग्गा प्राप्त प्रहरी चौकीको भवन निर्माणका लागि मुख्य चुनौती बनेको छ ।
सिञ्गा तातोपानी प्रहरी चौकीको हालै भवन निर्माण भएको छ । बेनीको जिल्ला प्रहरी, कालीपुल, भुरुङ–तातोपानी, मौवाफाँट र ताकम प्रहरी चौकीको आफ्नै भवन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन
-
समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार
-
रास्वपा प्रथम महाधिवेशन : अझै सुरु भएन प्रतिनिधि परिचयपत्र वितरण
-
रौतहटमा लापसे गरी सवारी चलाउने ३ चालक पक्राउ
-
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
-
हालान्डको दुई गोलमा नर्वेको रोमाञ्चक जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण