पूर्वमन्त्री एवम् राप्रपा वरिष्ठ नेता विश्वबन्धु थापाको निधन
शनिबार, ०२ फागुन २०८२, २२ : ०८
सारांश
- राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको ९८ वर्षको उमेरमा निधन भयो।
- थापा २००७ सालदेखि पछिल्लो समयसम्मका राजनीतिक घटनाक्रमका साक्षी थिए।
- थापा निर्दलीय पञ्चायती व्यवस्था लागू भएपछि मन्त्री भएका थिए।
काठमाडौँ । पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ नेता विश्वबन्धु थापाको निधन भएको छ ।
राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार थापाको शनिबार साँझ ९८ वर्षको उमेरमा निधन भएको हो ।
२००७ सालदेखि पछिल्लो समयसम्मका राजनीतिक घटनाक्रमका साक्षी रहेको थापाको निधनले देशले एक इतिहास पुरुष गुमाएको र राप्रपाले आफ्नो अग्रज नेता गुमाएको प्रवक्ता श्रेष्ठले बताएका छन् । राप्रपा निर्माणमा स्वर्गीय थापाको योगदान सदैव आदरपूर्वक स्मरणीय रहने पनि उनले उल्लेख गरे ।
थापा तत्कालीन राजा महेन्द्रले वि.सं २०१७ साल पुस १ मा जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालालाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि थापा मन्त्री भएका थिए । थापा भीमसेन थापाका पाँचौँ पुस्ताका सदस्यसमेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण