अमेरिकाले सम्झौताका लागि युक्रेनमाथि मात्रै दबाब दियो : जेलेन्स्की
सारांश
- युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकाको मध्यस्थतामा रुससँगको शान्ति वार्ताप्रति आशा व्यक्त गरे।
- जेनेभामा आगामी हप्ता हुने त्रिपक्षीय वार्ता गम्भीर र सार्थक हुने अपेक्षा जेलेन्स्कीको छ।
- जेलेन्स्कीले युरोपेली देशहरूलाई वार्तामा सहभागी गराउनुपर्ने र सुरक्षाको ग्यारेन्टी आवश्यक रहेको बताए।
वासिङ्टन डीसी । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकाको मध्यस्थतामा रुससँग हुन लागेको शान्ति वार्ताप्रति आशा व्यक्त गरेका छन् । यद्यपि, अमेरिकाले बारम्बार सम्झौता गर्न दबाब युक्रेनलाई मात्रै दिइएको गुनासो पनि उनले गरेका छन् ।
म्युनिख सुरक्षा सम्मेलनमा बोल्ने क्रममा उनले आगामी हप्ता जेनेभामा हुने त्रिपक्षीय वार्ता गम्भीर र सार्थक हुने अपेक्षा रहेको बताएका छन् । सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्ण स्तरमा आक्रमण गरेपछि सुरु भएको युद्ध अन्त्य गर्न अमेरिका निकै पहल गरिरहेको छ ।
यसअघि अबुधावीमा भएका दुई चरणका वार्तालाई सबै पक्षले सकारात्मक भने पनि ठोस प्रगति हुन सकेन । धेरैजसो सम्झौताका कुरा उठाउँदा अमेरिकी पक्षले यसलाई युक्रेनको सन्दर्भमा मात्रै केन्द्रित हुने गरेको टिप्पणी जेलेन्स्कीले गरे ।
स्थायी शान्तिका लागि स्पष्ट सुरक्षा ग्यारेन्टी अत्यावश्यक भएको नत्र युद्ध पुनः फर्किन सक्ने जोखिम रहेको पनि उनले बताए । उनले युरोपेली देशहरूलाई पनि वार्ताको टेबलमा सहभागी गराउनुपर्ने धारणा राख्दै युरोपको अनुपस्थितिलाई ठुलो गल्ती भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण