२६३औँ सेना दिवस : फ्रि–फल जम्पमा प्रमुख सेनानी शाह प्रथम
आइतबार, ०३ फागुन २०८२, १६ : ००
सारांश
- नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिक उत्सव मनायो, जसमा राष्ट्रपति रामचन्द्र पौडेलले निरीक्षण गरे।
- समारोहमा सैनिक मञ्चमा सेनाका जवानहरूले फ्रि-फल जम्प प्रदर्शन गरे।
- फ्रि-फल जम्पमा प्रमुख सेनानी विवेक विक्रम शाह प्रथम भए भने रमेशकुमार चौधरी द्वितीय भए।
काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिक उत्सव मनाएको छ । आइतबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले कवाज तथा सैनिक कला निरीक्षण गरे ।
सैनिक कला प्रदर्शनीतर्फ सैनिक मञ्चमा सेनाका अधिकृत तथा जवानहरूले फ्रि–फल जम्प प्रदर्शन गरेका छन् । फ्रि–फल जम्पमा प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) विवेक विक्रम शाह प्रथम भएका छन् । शाहलाई प्रधान सेनापति अशोक राज सिग्देलले पुरस्कृत गरेका छन् ।
फ्रि–फल जम्पमा सैनिक हुद्दा रमेशकुमार चौधरी द्वितीय भएका थिए । प्रधानसेनापतिले उनलाई पनि पुरस्कार प्रदान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण