‘इरान आणविक सम्झौता गर्न तयार छ’
सारांश
- इरानका उपविदेशमन्त्रीले अमेरिका इरानमाथिको प्रतिबन्ध हटाउन तयार भए आणविक सम्झौता गर्न सकिने बताए।
- अमेरिकी विदेशमन्त्रीले इरानसँग सम्झौता गर्न गाह्रो भएको बताएका थिए, तर ट्रम्प सम्झौता चाहन्छन्।
- ओमानमा भएको अप्रत्यक्ष वार्ता र जेनेभामा हुने दोस्रो चरणको वार्तालाई लिएर छलफल भइरहेको छ।
तेहरान । इरानका उपविदेशमन्त्री माजिद तख्त–रवान्चीले यदि अमेरिका इरानमाथिको प्रतिबन्ध हटाउने विषयमा छलफल गर्न इच्छुक भए आणविक सम्झौता गर्न तयार रहेको बताएका छन् ।
अमेरिकी अधिकारीहरूले बारम्बार लामो समयदेखि चलिरहेको वार्ता प्रक्रियामा प्रगति नहुनुमा अमेरिका नभएर इरान जिम्मेवार रहेको बताइरहेको समयमा उपविदेशमन्त्री माजिदको सो अभिव्यक्ति सार्वजनिक भएको हो ।
शनिबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता चाहेको तर इरानसँग सम्झौता गर्न धेरै गाह्रो भएको बताएका थिए । तेहरानमा बीबीसीसँगको एक अन्तर्वार्तामा तख्त–रवान्चीले सम्झौता गर्ने इच्छुकता प्रमाणित गर्नु अब अमेरिकाको हातमा भएको बताएका थिए ।
‘यदि उनीहरू इमानदार छन् भने, म विश्वस्त छु कि हामी सम्झौतातिर अघि बढ्नेछौँ’ उनले भने । इरानको आणविक कार्यक्रमलाई सीमित गर्न कुनै सम्झौता नभए उक्त देशमाथि आक्रमण हुने चेतावनी ट्रम्पले दिएका थिए । यसैबिच अमेरिकाले सो क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ ।
अमेरिका र इरानले फेब्रुअरीको सुरुमा ओमानमा अप्रत्यक्ष वार्ता गरेका थिए । दोस्रो चरणको वार्ता मंगलबार जेनेभामा हुने तय भएको रवान्चीले पुष्टि गरेका छन् । वार्ता धेरथोर सकारात्मक भएपनि अहिले नै निष्कर्ष निकाल्नु धेरै हतार हुने उनले बताएका थिए । ट्रम्पले वार्तालाई सकारात्मक पनि भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण