जनसमुदायबाट प्राप्त समर्थनले उत्साहित बनाएको छ : रेनु दाहाल
सारांश
- रेनु दाहालले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारको रूपमा जनसमर्थनबाट उत्साहित भएको बताइन्।
- उनले भरतपुर महानगरपालिकाको कार्यकालमा गरेको कामको कारण मतदाताको विश्वास पाएको बताइन्।
- निर्वाचन आचारसंहिता विपरीत भ्रामक सामग्री प्रसारण नगर्न उनले आग्रह गरिन्।
चितवन । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी रेनु दाहालले जनसमुदायबाट प्राप्त समर्थनले आफू उत्साहित भएको बताएकी छन्।
दाहालले घरदैलो अभियानका क्रममा आम मतदाताबाट माया, विश्वास र साथ प्राप्त भएको उल्लेख गरेकी छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले भरतपुर महानगरपालिकामा नौ वर्षे कार्यकाल पूरा गर्दा देखाएको प्रतिबद्धता र इमान्दारिताकै कारण आफूले अपार स्नेह पाएको अनुभूति भएको बताइन् ।
दाहालले निर्वाचनमा सहभागी भएपछि जीत र हार दुवैलाई सहर्ष स्वीकार गर्नुपर्नेमा आफू स्पष्ट रहेको उल्लेख गर्दै मतदाताको विश्वासका आधारमा फराकिलो मतान्तरले विजयी हुने उच्च मनोबल राखेको बताएकी छन्।
यसैबीच, मतदातालाई प्रभावित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा निर्वाचन आचारसंहिताविपरीत केही सञ्चारमाध्यमबाट भ्रामक सामग्री प्रसारण भएकोप्रति उनले ध्यानाकर्षण भएको जनाएकी छन्। यस्ता गतिविधिले निर्वाचन प्रक्रियालाई प्रभावित पार्न सक्ने भन्दै कपोलकल्पित तथा भ्रमपूर्ण सामग्री प्रकाशन वा प्रसारण नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेकी छन्।
दाहालले लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष तथा स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण