अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
सारांश
- माओवादीले सेना दिवसमा अमेरिकी सेनालाई परेडमा सहभागी गराएको भन्दै विरोध जनाएको छ।
- विज्ञप्तिमा राष्ट्रिय सार्वभौमिकतामाथि खेलबाड भएको र राज्यको धारणा सार्वजनिक गर्न माग गरिएको छ।
- एमाले अध्यक्ष केपी ओलीले पनि यस विषयलाई लिएर टिप्पणी गरेका छन् भने सेनाले कूटनीति भनेको छ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सेना दिवसको अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा अमेरिकी सेनालाई परेडमा सहभागी गराएको भन्दै विरोध गरेको छ।
महासचिव विप्लवले सोमबार जारी गरेको विज्ञप्तिमा नेपाली जनता र राजनीतिक दलहरूको सहमति बिना रहस्यमय ढंगले अमेरिकी सेनालाई परेडमा सहभागी गराएर राष्ट्रिय सार्वभौमिकता तथा स्वाधीनतामाथि गम्भीर खेलबाड गर्ने काम भएको उल्लेख गरिएको छ।
यस घटनाबारे राज्यको धारणा यथाशीघ्र सार्वजनिक गरिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले विज्ञप्तिमा राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्नु सम्पूर्ण नेपाली जनताको कर्तव्य भएकोमा पनि जोड दिएको छ।
आजै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले समेत टुँडिखेलको दृश्यबारे 'विदेशी सेनाको नांगो नाच’ भन्दै टिप्पणी गरेका थिए ।
विवादबारे सेनाले भने विदेशी सेनाको प्रस्तुति सैनिक कूटनीति र सम्बन्ध विस्तारको परम्परागत अभ्यास भएको जिकिर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीको चिट
-
काठमाडौँमा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी
-
२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण