बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

गहिरो प्रेममा आचल र आकाश

मङ्गलबार, ०८ साउन २०७५, १० : ३५
मङ्गलबार, ०८ साउन २०७५

काठमाडौं –अभिनेत्री आचल शर्मा र अभिनेता आकाश श्रेष्ठ रोमान्टिक मुडमा देखिएका छन् । चलचित्र ‘ब्ल्याक’ले भर्खर सार्वजनिक गरेको ‘तिम्रो लागि’ बोलको गीतमा यी दुई कलाकार रोमान्टिक देखिएका हुन् । गीतमा आचल र आकाशको गहिरो प्रेम देख्न सकिन्छ ।

सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतमा संगीत महेश खड्काले दिएका छन् । कोरियोग्राफर भने रामजी लामिछाने हुन् । १ भदौबाट प्रदर्शनमा आउने चलचित्र ‘ब्ल्याक’का मुख्य कलाकार पनि आँचल र आकाश नै हुन् । चलचित्रको केही पहिले सार्वजनिक गरिएको ‘पल पल हरपल’ बोलको गीत पनि अहिले चर्चामा छ ।

प्रदीप श्रेष्ठ निर्देशित चलचित्र आश्मा पाण्डेले निर्माण गरेकी हुन् । आँचल र पलको अलवा चलचित्रमा आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य र प्रिया रिजालको समेत मुख्य भुमिका रहेको छ । 

‘ब्ल्याक’लाई गोविन्द शाही, उज्जल पौडेल र मनोज राठीले वितरणको जिम्मा लिएका छन् । चेतनकुमार पाण्डे कार्यकारी निर्माता रहेको यो चलचित्र रामशरण उप्रेतीले खिचेका हुन् ।

आफूले अभिनय गरेको सबैभन्दा राम्रो प्रेमकथा समेटिएको चलचित्र ब्ल्याक भएको आचलले बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप