कांग्रेसले आसन, भाषण र शासनमा सुधार गर्छ : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफूहरूले आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन् ।
सोमबार लमजुङको कांग्रेस जिल्ला कार्यालय भवन उद्घाटन र विश्वेश्वरप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रममा उपसभापति शर्माले आफूहरूले आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन् ।
‘बदलिएको काँग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्नेछ । कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी १, २, ३ र ४ को नीति संविधानमा अङ्कित गर्नेछौँ,’ उपसभापति शर्माले भने, ‘अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्य मन्त्री दुई पटक भन्दा बढी रहन पाउने छैनन् ।’
उनले पार्टीका नेता कार्यकर्तालाई चुनावी मैदानमा गाली होइन प्रेम सम्प्रेषण गर्न आग्रह गरे । स्वस्थ आलोचना स्वाभाविक हुने तर आपसलाई गाली गरेर राजनीतिलाई स्वस्थ बनाउन नसकिने तथा चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर, समाजमा भोलि निराशा जगाउने कार्य कांग्रेसले भाषण र घोषणा पत्रमार्फत नगर्ने शर्माले बताए ।
जेनजी विद्रोहको भावनाबमोजिम शासनमा सुधार गर्ने उपसभापति शर्माले बताए ।
‘देशको शासनमा जेजस्तो सुधार गर्न जरुरी छ । त्यसको केस्राकेस्रा केलाएका छौँ ,’ उपसभापति शर्माले भने, ‘हामीले जेनजी विद्रोहको भावना बमोजिम त्यो सुधार, परिमार्जन र समग्रमा परिवर्तनलाई हामी सम्भव बनाउने छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण