नेपालले अब राति पनि काम गर्नेछ –विश्वप्रकाश शर्मा
तनहुँ । नेपाली कांग्रेसका सभापति विश्वप्रकाश शर्माले नेपालले अब राति पनि काम गर्ने बताएका छन् ।
दमौलीमा भएको सभामा सम्बोधन गर्दै शर्माले अबको १०-१५ वर्षमा मुलुकलाई समुन्नत बनाउन राति पनि काम गर्ने बताएका हुन् ।
उनले भने, 'विगतमा जेजस्तो कमजोरी देशमा भए त्यसको दोष हामी अरुलाई थोपरेर उम्किन चाहन्नौँ । जे जति राम्रा काम भए त्यसको श्रेयको ठुलो भाग दाबी पनि हामी नै गर्छौं । अनि अब राति पनि काम गर्नेछ नेपालको उद्घोष हामी नै गर्छौं । अबको दशक र डेढ दशकमा मुलुक समुन्नत बनाउने संकल्प र सपनालाई हामी पूरा गर्नेछौँ ।'
उनले पुँजीगत बजेट बितेको ६ महिनामा १६ प्रतिशतभन्दा कम हुनु दुःखद अध्याय भएको भन्दै यस्तो स्थितिको अन्त्य गर्न कांग्रेसले आवश्यक कानुनी व्यवस्था, संरचनागत सुधार र तीन सिफ्टमा काम गर्ने पद्धति र संस्कृतिको विकास गर्ने पनि बताए ।
उपसभापति शर्माले भने, 'धनी देश बेलायतले राति पनि पुल र बाटो बनाउने काम गर्छ, गरिब देश नेपाल सूर्य अस्त नेपाल मस्त किन ? २४ घण्टामा ३ वटा ८ घण्टा हुन्छन्, अब हामीले भौतिक पूर्वाधार निर्माणको काम तीन वटै चरणमा ८ घण्टाको उपयोग गरेर अघि बढाउनुपर्छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
-
अमेरिकाले इरानमाथि हवाई आक्रमण तीव्र पार्यो, इरानको जवाफी प्रहार कुवेत र जोर्डनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण