चितवन–३ को नतिजा घोषणा गरेको भन्दै काउन्सिलले अनलाइनमाथि कारबाही प्रक्रिया अघि बढायो
सारांश
- चितवन निर्वाचन क्षेत्र नम्बर ३ को नतिजाको विषयमा गलत समाचार सम्प्रेषण गरेको भन्दै अनलाइनमाथि कारबाही सुरु भएको छ।
- पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा प्रेस काउन्सिलले कारबाही प्रक्रिया अघि बढाएको छ।
- निर्वाचन आयोगको पत्रपछि काउन्सिलले आवश्यक कारबाही गर्ने जनाएको छ, र सञ्चारमाध्यमलाई सचेत गराएको छ।
काठमाडौँ । चितवन निर्वाचन क्षेत्र नम्बर ३ को नतिजा घोषणा गरेको भन्दै एक अनलाइनमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।
आइतबार उक्त अनलाइनले निर्वाचन तथा मतदातालाई प्रभाव पार्ने किसिमबाट चुनावी विश्लेषण भनी मत सर्वेक्षणको शैलीमा उम्मेदवारको नाम नै किटान गरी जित्नेछन्...’ भन्दै समाचार सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यस विषयमा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६ ) र निर्वाचन आचारसंहिता, २०८२ को व्यवस्थाअनुरूप कारबाही प्रक्रिया प्रारम्भ गरिएको काउन्सिलले जनाएको छ ।
आजै निर्वाचन आयोगले कारबाहीका लागि काउन्सिललाई पत्राचार गरेको थियो । आयोगको पत्राचारका आधारमा काउन्सिलले आवश्यक कारबाही प्रक्रिया अघि बढाउने व्यवस्था रहेको छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा निर्वाचन आचारसंहिता, २०८२ र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही हुन जाने बेहोरा सम्बन्धित सबैलाई काउन्सिलले स्मरण गराएको छ ।
काउन्सिलद्वारा साेमबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ,'निष्पक्ष निर्वाचन एवं मतदाताको विवेकलाई आमसञ्चार माध्यमले सम्मान गर्नुपर्ने हुँदा तदनुरूप सामग्री सम्प्रेषण गर्न साथै मतदाताको विवेकलाई प्रभाव पार्ने किसिमबाट विश्लेषण / मत सर्वेक्षणसहितको सामग्रीलाई स्थान नदिन, कसैको पक्ष वा विपक्षमा, दल तथा उम्मेदवारलाई नकारात्मक असर पुग्ने किसिमबाट गलत / दुष्प्रचारयुक्त सामग्री सम्प्रेषण नगर्न/नगराउन एवं गोप्य मतदानको अधिकार समेतमा प्रतिकूल प्रभाव पर्ने विषयमा संवेदनशील हुन सम्पूर्ण सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा प्रेस काउन्सिल नेपाल हार्दिक अनुरोध गर्दछ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण