ढुङ्गाले लागेर स्काभेटर चालकको मृत्यु
सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिका–२ स्थित सानो याक्र्खकमा निर्माणाधीन छुजुङ खोला जलविद्युत् आयोजनाको बाटो खन्ने क्रममा आज ढुङ्गाले लागेर स्काभेटर चालकको मृत्यु भएको छ ।
स्काभेटर चालक चिचिला गाउँपालिका–३ दिदिङका ३८ वर्षीय देवराज राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए । स्काभेटर चालक राई साङ्ग्रीला ऊर्जा कम्पनीमा कार्यरत थिए ।
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नाका प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । उनको शव परीक्षणका लागि आजै जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
त्यसैगरी पाँचखपन नगरपालिका–२ भिरकुनामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आज बिहान खाना पकाउने चुलोबाट अचानक आगलागी हुँदा सिर्जना तामाङको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट तामाङको घरमा भएको खाद्यान्न, लत्ताकपडा, भाडावर्तन जलेर नष्ट हुँदा रु दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण