धनगढीका १६ वटै वडामा ग्रासरुट फुटबल विस्तार
सारांश
- धनगढी उपमहानगरपालिकाले ग्रासरुट फुटबल कार्यक्रम १६ वटै वडामा विस्तार गर्ने भएको छ।
- हरेक वडामा फुटबल मैदान तयार गरी बालबालिकाहरूलाई व्यावसायिक प्रशिक्षण दिइनेछ।
- कैलाली जिल्ला फुटबल संघसँगको सम्झौताले प्राविधिक पक्ष र प्रशिक्षणको जिम्मेवारी लिनेछ।
कैलाली । धनगढी उपमहानगरपालिकाले फुटबलको जग बलियो बनाउने उद्देश्यका साथ ‘ग्रासरुट फुटबल’ कार्यक्रमलाई नगरका १६ वटै वडामा विस्तार गर्ने भएको छ। गत वर्ष चारवटा वडाबाट नमुनाका रूपमा सुरु गरिएको यो अभियानलाई यस वर्षदेखि व्यापक बनाउँदै सबै वडामा पुर्याइएको हो।
उपमहानगरपालिकाले हरेक वडामा फुटबल मैदान तयार गरी बालबालिकाहरूलाई नियमित रूपमा व्यावसायिक प्रशिक्षण दिने योजना अघि सारेको छ। गत वर्ष वडा नम्बर ७ को पटेला, वडा नम्बर ११ को दक्षिणकाली र ठेकराज माध्यमिक विद्यालय, वडा नम्बर १६ को घसिटा र वडा नम्बर १८ को चन्द्रोदय माध्यमिक विद्यालयमा यो कार्यक्रम सफल भएको थियो।
यसैलाई निरन्तरता दिँदै यस वर्ष वडा नम्बर १ को कभर्डहल, वडा नम्बर २ को सुक्ष्म वर्गीकरण केन्द्र नजिकको मैदान, वडा नम्बर ३ को नयाँ बसपार्क र वडा नम्बर ५ को श्रीकृष्ण खेल मैदानमा पनि प्रशिक्षण केन्द्रहरू सञ्चालन गरिनेछन्।
नगरपालिकाले यो महत्त्वाकांक्षी कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउन कैलाली जिल्ला फुटबल संघसँग औपचारिक सम्झौता गरेको छ। सम्झौताअनुसार अब जिल्ला फुटबल संघले नै प्राविधिक पक्ष र प्रशिक्षणको सम्पूर्ण जिम्मेवारी सम्हाल्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
-
रास्वपा महाधिवेशन प्रतिनिधिको नामावलीमा त्रुटि, अझै सुरु भएन बन्दसत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण