सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सदीक्षा र बिन्तीकुमारको ‘मनचरी’मा प्रभात र जुनाको केमेस्ट्री

मङ्गलबार, ०५ फागुन २०८२, १२ : ०३
मङ्गलबार, ०५ फागुन २०८२

सारांश

  • गायक बिन्ती कुमार गुरुङको गीत 'मनचरी' सार्वजनिक भएको छ।
  • गीतमा सदीक्षा कट्टेलले स्वर दिएकी छिन्, जसमा प्रेमील जोडीको रोमान्टिक कथा समेटिएको छ।
  • भिडियोको निर्देशन शान थापाले गरेका हुन्, जसमा प्रभात पाल ठकुरी र जुना विश्वकर्माको अभिनय रहेको छ।

काठमाडौँ । गायक बिन्ती कुमार गुरुङको गीत ‘मनचरी’ सार्वजनिक गरिएको छ । लेखु सहयात्रीको शब्द तथा सङ्गीत रहेको गीतमा बिन्ती कुमारलाई गायिका सदीक्षा कट्टेलले स्वरमा साथमा दिएकी छन् ।

एक प्रेमील जोडीको रोमान्टिक प्रेमकथा समेटिएको गीतमा विषम आचार्यको एरेन्ज छ । गीतको भिडियोमा प्रभात पाल ठकुरी र जुना विश्वकर्माको अभिनय छ । भिडियोको निर्देशन शान थापाले गरेका हुन् ।

दिनेश पराजुलीको छायांकन रहेको गीतमा विवेक सुनारको सम्पादन तथा मिलन विश्वकर्माको कलर रहेको गीतको कोरियोग्राफी रोशन विश्वकर्माले गरेका हुन् । भिडियोको निर्माण जष्मिन क्रियसनले गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप