अब निर्णय गर्ने अधिकार मतदाताको हातमा छ : अध्यक्ष यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो अधिकार, स्वाभिमान र सशक्त प्रतिनिधित्वका लागि सङ्घर्ष गरेको शक्तिलाई मतदान गर्न सबैलाई आग्रह गरेका छन् । अध्यक्ष यादवले अब निर्णय गर्ने अधिकार मतदाताको हातमा रहेको बताउँदै इतिहास लेख्ने कि मेट्ने भन्दै प्रश्न गरेका छन् ।
मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले विभाजन र भ्रमभन्दा माथि उठेर आफ्नो अधिकार सुरक्षित गर्ने शक्तिलाई मतदान गर्न समेत आग्रह गरेका छन् ।
अध्यक्ष यादवले भनेका छन् : ‘अब निर्णय तपाईँको हातमा छ, इतिहास लेख्ने कि इतिहास मेट्ने ? आफ्नो अधिकार, स्वाभिमान र सशक्त प्रतिनिधित्वका लागि सङ्घर्ष गरेको शक्तिलाई मतदान गरौँ । विभाजन र भ्रमभन्दा माथि उठेर, आफ्नो अधिकार सुरक्षित गर्ने शक्तिलाई मतदान गरौँ । भारी बहुमतले विजयी बनाएर मधेसको आवाजलाई निर्णायक बनाऔँ ।’
उनले मधेस जनविद्रोह केवल आन्दोलन मात्र नभएर आत्मसम्मानको घोषणापत्र भएको बताउँदै गोली, दमन र षड्यन्त्रका बिच उभिएर अधिकार र पहिचानको झण्डा उठाउने शक्ति नै आज मधेसको वास्तविक प्रतिनिधि भएको बताएका छन् ।
अध्यक्ष यादवले सहिदहरूको बलिदानले बनाएको सङ्घीयताको आधारलाई कमजोर पार्न खोज्नेहरू धेरै रहेको बताउँदै त्यसको रक्षा गर्ने साहस जसपा नेपालसँग मात्रै भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण