बुर्तिबाङ–ढोरपाटन सडक निर्माण धमाधम
बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक निर्माणले गति लिएको छ । लामो समयदेखि रोकिएको उक्त सडक निर्माणको काम गत मङ्सिरदेखि धमाधम भइरहेको छ ।
बुर्तिबाङ बजारदेखि ढोरपाटन देउरालीसम्मको २५ किलोमिटर सडक निर्माण दुई खण्डमा भइरहेको छ । रुपन्देहीको सालझण्डीदेखि ढोरपाटन जोड्ने गरी २०७८ सालमा निर्माण थालिएको उक्त सडकले तराई र पहाडलाई जोडेको छ ।
बुर्तिङबाङदेखि फल्लेघरसम्मको २२ किलोमिटर (पहिलो खण्ड) हाल ग्राभेल भइरहेको छ भने फल्लेघरदेखि देउरालीसम्मको (दोस्रो खण्ड) मा कालोपत्रको तयारी छ ।
पहिलो खण्ड २०८० वैशाखसम्म ग्राभेल गरिसक्नुपर्ने भए पनि हालसम्म ६५ प्रतिशत मात्र सम्पन्न भएको काम सकिएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर परीक्षा पौडेलले जानकारी दिइन् । पहिलो खण्ड ग्राभेल गर्न चार वर्ष अगाडि स्वच्छन्द र ओम/बुद्ध जेबीले जिम्मा पाएको थियो । समयमै काम गर्न नसक्दा चार पटक म्याद थप गरिएको छ ।
तीस महिनामा सक्ने गरी २०७८ कात्तिकमा सम्झौता भएको इन्जिनियर पौडेलले बताइन् । अहिले सडक फराकिलो बनाउने, कल्भर्ट निर्माणलगायत काम भइरहेको छ । रु २५ करोड ६१ लाखको लागतमा सो सडक स्तरोन्नति भइरहेको छ ।
“पहिलो खण्डको काम यसअघिदेखि नै सुस्तरुपमा भएको थियो, अहिले निमाण कम्पनीले गति बढाएको छ,” इन्जिनियर पौडेलले भने । दोस्रो खण्ड कालोपत्र गर्न गत असारमा सम्झौता भएकामा हाल धमाधम भइरहेको छ ।
उक्त खण्ड कालोपत्र गर्न ‘पिटीआर अधिकारी कन्स्ट्रक्सन’सँग रु १६ करोड ४८ लाखमा सम्झौता भएको इन्जिनियर पौडेलले बताइन् । अहिले सडक फराकिलो बनाउने, नाला निर्माणलगायत काम भइरहेको छ । आगामी २०८४ असारसम्म सक्नुपर्ने काम हालसम्म १२ प्रतिशत मात्र सम्पन्न भएको उनले बताइन् ।
विसं २०६८ मा रूपन्देहीदेखि सुरु भएको उक्त सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पा हुँदै ढोरपाटनसँग जोडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा सास्ती
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण