सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

बुधबार, ०६ फागुन २०८२, ०४ : ४०
बुधबार, ०६ फागुन २०८२

सारांश

  • राहदानी विभागले सार्वजनिक बिदामा पनि सेवा दिने भएको छ।
  • आज ग्याल्पो ल्होछार र भोलि प्रजातन्त्र दिवसको बिदामा पनि सेवा जारी रहनेछ ।
  • विहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ, जहाँ राहदानी वितरण र आवेदन फारम संकलन हुनेछ।

काठमाडौँ । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत बुधबार र बिहीबार सार्वजनिक बिदा भएपनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको हो ।

सरकारले आज ग्याल्पो ल्होछार र भोलि बिहीबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । दुवै दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ ।

विभागले आज राहदानी वितरण सेवा प्रदान गर्ने जनाएको छ । यस्तै बिहीबार भने राहदानीका लागि आवेदन फारम सङ्कलन हुने जनाएको छ । अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने विभागले स्पष्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप