महाशिवरात्रिमा पशुपतिनाथ आएका नागा बाबासहितका साधुसन्तको बिदाइ
सारांश
- पशुपतिनाथ आएका नागा बाबासहितका साधुसन्तलाई बिदाइ गरियो।
- संस्थान र कोषले दक्षिणा दिएर साधुसन्तलाई पठाए।
- फाल्गुन कृष्ण औँसीमा बिदाइ गर्ने परम्परा छ।
काठमाडौँ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गर्न आएका दुई हजार २०० नागा बाबासहितका साधुसन्तलाई बिदाइ गरेको छ ।
दुई हजार २०० नागाबाबासहितका साधुसन्तलाई कूल रु २२ लाख ५० हजार नगद दक्षिणा स्वरूप दिइएको संस्थानका प्रशासक शैलेशराज कुँवरले जानकारी दिए । संस्थानले दिएको दक्षिणाको आधा कोषले पनि ती साधु सन्तलाई दिएर बिदाइ गरेको छ । कोषले रु ११ लाख २५ हजार दक्षिणा स्वरूप नागा बाबासहितका साधुसन्तलाई दिएको जनाइएको छ ।
मङ्गलबार बिहान ११ बजेदेखि पशुपतिनाथको मन्दिरअघिको पश्चिम ढोकामा बिदाइ सुरु गरिएको थियो । नेपाल र भारतका विभिन्न अखडाबाट आएका नागा बाबासहितका साधु सन्तलाई रु ५५१ देखि रु ११ हजारसम्म दक्षिणा दिएर बिदाइ गरिएको संस्थानका प्रवक्ता जनक पोखरेलले राससलाई जानकारी दिए ।
पशुपति क्षेत्र र थापाथली क्षेत्रमा गरी यस्ता साधु सन्त चार हजारभन्दा बढी आएको अनुमान गरिए पनि पहिलो चरणमा आज दुई हजार २०० जनालाई बिदाइ गरिएको र बाँकी र रहेका साधुसन्तलाई पनि बिदाइ गरिने जनाइएको छ ।
महाशिवरात्रिमा पशुपतिनाथको पूजा, आराधना र दर्शनका लागि आएका नागा बाबासहित साधुसन्तलाई प्रत्येक वर्ष फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रही आएको छ । संस्थानले दिएको दक्षिणामा आधा रकम कोषले थपेर नागा बाबासहितका साधुसन्तलाई बिदाइ गरेको कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले बताए ।
महाशिवरात्रिका अवसरमा फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म नागा बाबासहितका साधुसन्तलाई कोषले नै खाने, बस्ने र धुनी बाल्ने दाउरा पनि उपलब्ध गराउने प्रचलन छ । आज नागा बाबासहितका साधु सन्तलाई बिदाइ गर्दा फाल्गुन कृष्ण एकादशीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले सङ्कल्प गर्नुभएका लोटा, चम्मर, घण्टी, राडी एक सेट र दक्षिणासहित २१ प्रकारका सामग्री समावेश गरिएको संस्थानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बन्ने निर्णय खारेज, केही नेता असन्तुष्ट
-
मौन आँसुको विकासे समाजशास्त्र
-
नयाँ दिल्लीमा कक्रोच जनता पार्टीको निरन्तर धर्ना : शिक्षा मन्त्रीको राजीनामा माग
-
केप भर्डेका गोलकिपर भोजिन्हा र उनकी आमा आनाको यो जीत
-
रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस
-
रणवीर सिंह बने सबैभन्दा महँगा भारतीय अभिनेता, ‘धुरन्धर’बाट कमाए ३२५ करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण