फिल्म ‘शिवांश’ ले पनि गर्यो प्रदर्शन स्थगित
सारांश
- महाशिवरात्रिको अवसरमा प्रदर्शनमा आएका फिल्महरू एकपछि अर्को गर्दै स्थगित हुन थालेका छन्।
- फिल्म 'बिगुल' र 'श्री बुकुरो' पछि 'शिवांश : च्याप्टर १' ले पनि प्रदर्शन स्थगित गरेको छ।
- निर्माण संस्थाले उपयुक्त समयमा शो नपाएको भन्दै अर्को सूचना नआएसम्मका लागि प्रदर्शन स्थगित गरेको जनाएको छ।
काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर फागुन १ गते प्रदर्शनमा आएका फिल्महरूका प्रदर्शन स्थगित गर्न थालिएको छ । फिल्म ‘बिगुल’ र ‘श्री बुकुरो’पछि अहिले ‘शिवांश : च्याप्टर १’ ले पनि प्रदर्शन स्थगित गरेको छ । फिल्म निर्माण संस्था अन्जन सिने प्रोडक्सन हाउसले एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन बुधबारबाट स्थगित गरेको हो ।
फिल्मले उपयुक्त समयमा शो नपाएको भन्दै निर्माण संस्थाले अर्को सूचना नभएसम्मका लागि प्रदर्शन स्थगित गर्ने निर्णय गरेको हो । पौराणिक हिन्दु मान्यता र आधुनिक युगको रहस्यलाई रोचक ढङ्गले प्रस्तुत गरेको फिल्म सन्तोषकुमार आत्रेयले निर्देशन गरेका हुन् । फिल्ममा प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू, रुषा न्यौपानेको मुख्य भूमिका छ ।
फिल्ममा विकास जोशी, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौला लगायतका कलाकारको अभिनय छ । अञ्जान केसी निर्माता रहेको फिल्मका सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी, कार्यकारी निर्माता शम्भु थापा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेका गोलकिपर भोजिन्हा र उनकी आमा आनाको यो जीत
-
रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस
-
रणवीर सिंह बने सबैभन्दा महँगा भारतीय अभिनेता, ‘धुरन्धर’बाट कमाए ३२५ करोड भारु
-
रास्वपाको बन्दसत्र सुरु नभएपछि महाधिवेशनस्थलमा जे देखियो (तस्बिरहरू)
-
५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
-
१० प्रतिशत शय्या निःशुल्क कार्यान्वयनमा किचलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण