राष्ट्रिय समस्याको समाधान गरेर मात्रै चुनाव गर्नुपर्छः पूर्वराजा
बुधबार, ०६ फागुन २०८२, १६ : ०४
सारांश
- पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय समस्या समाधान गरेर मात्र निर्वाचनमा जानुपर्ने बताएका छन्।
- उनले प्रजातन्त्र दिवसको अवसरमा एक भिडियो सन्देश जारी गर्दै यस्तो धारणा राखेका हुन्।
- उनले निर्वाचनअघि राष्ट्रिय सहमति र समझदारी आवश्यक रहेको बताए।
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने धारणा व्यक्त गरेका छन्। ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन्।
प्रजातन्त्रमा प्रतिनिधि छनोटका लागि आवधिक निर्वाचन स्वभाविक प्रक्रिया भए पनि वर्तमान परिस्थितिको गम्भीरतालाई बुझ्न उनले आग्रह गरेका छन्। सन्देशमा उनले भनेका छन्, 'यतिखेरको आम जनभावना यो छ कि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुनेछ।'
निर्वाचनपछि मुलुकमा कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखी राष्ट्रिय सहमति र सबैलाई समेट्ने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा सही बाटो समातिने उनको तर्क छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
-
सरकार फेरबदलको खेलले संघीयतामाथि नै प्रश्न उठायो : उद्धव थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण