खराब पक्ष भएको व्यवस्थालाई फ्याँक्नुपर्छ : पूर्वराजा
सारांश
- पूर्वराजा ज्ञानेन्द्र शाहले खराब पक्ष बोकेको व्यवस्थालाई फ्याँक्नुपर्ने बताएका छन्।
- उनले देशको भू–बनोट र समाजको प्रकृति सुहाउँदो व्यवस्थाले मात्र सकारात्मक परिणाम दिने दाबी गरे।
- उनले अधिकार मात्र खोज्ने तर कर्तव्य नबिर्सने प्रवृत्ति र भागबन्डाको राजनीतिको कडा आलोचना गरे।
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान राजनीतिक अवास्थातर्फ संकेत गर्दै खराब पक्ष बोकेको व्यवस्थालाई फ्याँक्नुपर्ने बताएका छन् ।
७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै पूर्वराजाले यस्तो धारणा व्यक्त गरेका हुन् ।
सन्देशमा पूर्वराजाले जुनसुकै व्यवस्थाका पनि राम्रा पक्षलाई मात्र लिनुपर्ने र नराम्रा पक्षलाई त्याग्नुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, ‘जुनै व्यवस्थाको नराम्रो र खराब पक्षहरू हुन्छन्, त्यस्तालाई फाल्नु र फ्याँक्नुपर्छ ।’ उनले देशको भू–बनोट र समाजको प्रकृति सुहाउँदो व्यवस्थाले मात्र सकारात्मक परिणाम दिने दाबी समेत गरेका छन् ।
अहिलेको अवस्थालाई ‘बाध्यात्मक व्यवस्थाको जञ्जिर’ को संज्ञा दिँदै उनले कसैलाई खुसी पार्न र अरूबाट तोकिनुपर्ने बाध्यात्मक स्थितिको अन्त्य हुनुपर्ने बताए । पूर्वराजाले विगतका परिवर्तनहरूले देश र जनतालाई वास्तवमा के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको भन्दै अधिकार मात्र खोज्ने तर कर्तव्य नबिर्सने प्रवृत्ति र भागबन्डाको राजनीतिको कडा आलोचना गरेका छन् ।
जनताको बदलिँदो चाहना अनुसार समानुकूल परिवर्तन र परिमार्जन गर्दै जानुपर्ने बताउँदै उनले विश्वका कतिपय देशले पहिला आफ्नो देश र जनताको आवश्यकतालाई प्राथमिकतामा राखेको उदाहरणसमेत पेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइग्रेनको दुखाइ कम गर्न मद्दत गर्छन् यी खानेकुरा
-
ऋण नतिर्दासम्म पुलबाट उठेको टोल आम्दानी अमेरिकासँग बाँडिँदैनः क्यानडाका प्रधानमन्त्री
-
मेस्सी र यामालको त्यो अविश्वसनीय पहिलो भेटको कथा
-
साउन सुरु भएसँगै इन्द्रचोकको पोते बजारमा चहलपहल, तस्बिरहरू
-
अमेरिकाद्वारा इरानको चाबहार समुद्री नियन्त्रण टावरमा तेस्रोपटक आक्रमण
-
३ प्रतिशत ‘शिक्षा समता शुल्क’ तत्काल खारेज गर्न क्रान्तिकारीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण