क्याम्पस जाँदा बाटो छेकेर छात्रालाई यौन दुर्व्यवहार गर्ने युवक पक्राउ
काठमाडौँ । काठमाडौंको कुलेश्वरस्थित जनमैत्री क्याम्पस जाँदा बाटो ढुकेर छात्रालाई यौन दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित डेराबाट कलेज जाँदै गर्दा अपरिचित युवकले छात्रालाई यौन दुर्व्यवहार गरेका थिए । माघ २९ गते बिहान ६ बजेर २० मिनेटमा भएको सो घटनामा संलग्न गोपाल खड्कालाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।
बाजुराको बडिमालिका नगरपालिका–३ घर भएर काठमाडौं–१४ सुनारगाउँ बस्दै आएका खड्काले न्याथम कलेजबाट बीएचएम गरेका छन् । पछिल्लो डेढ महिनादेखि उनले क्षेत्र परिवर्तन गरेर छात्राहरूलाई यौनजन्य हर्कत गर्दै आएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
आरोपी अहिले कुपण्डोलस्थित एक होटलमा सेफको काम गर्दै आएको खुलेको छ ।
स्नातक तह अध्ययन गर्ने छात्राहरूलाई उनले दुर्व्यवहार गरेका हुन् । प्रहरीले उनीमाथि सार्वजनिक स्थलमा यौनजन्य गतिविधि गरेको कसुरमा अनुसन्धान गरिरहेको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण