बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

छात्रालाई बाटो छेकेर युवकले गरे याैन दुर्व्यवहार, अनुसन्धान गर्दै प्रहरी

बुधबार, ०६ फागुन २०८२, १९ : २६
बुधबार, ०६ फागुन २०८२

सारांश

  • काठमाडौंको कुलेश्वरमा क्याम्पस जाँदै गरेका छात्राहरूलाई एक युवकले दुर्व्यवहार गरे।
  • युवकले यौनजन्य गतिविधि गरेको आरोपमा एक छात्राले प्रहरीमा उजुरी दिएकी छिन्।
  • प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र आरोपीको नजिक पुगेको जनाएको छ।

काठमाडौँ । काठमाडौँको कुलेश्वर स्थित क्याम्पस जाँदै गरेका छात्राहरूलाई बाटो छेकेर एक जना युवकले याैन दुर्व्यवहार गरेका छन् । जनमैत्री कलेजमा ब्याचलर पढ्ने छात्राहरूलाई युवकले याैनजन्य गतिविधि गरेका हुन् । सो घटना माघ २९ गते बिहान ६ बजेर २० मिनेटको हो ।

काठमाडौँ महानगरपालिका–१४ कलंकी स्थित डेराबाट कलेज जाँदै गर्दा अपरिचित युवकले याैनजन्य गतिवधि गरेकाे भन्दै एक छात्राले उपत्यका अपराध अनुसन्धान कार्यालयमा निवेदन दिएकी छन् ।

घटनाबारे अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए । उनले भने, ‘अनुसन्धान भइरहेको छ, हामी आरोपीको नजिक पुगेका छौँ ।’

युवकले चार जना छात्रालाई यौनजन्य गतिविधि गरेको पाइएको छ । तर, अहिले एक जना छात्राले मात्रै घटनाबारे जानकारी गराएको एसएसपी खड्काले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप