प्रजातन्त्रको रक्षा सुशासन र विधिको शासनबाट मात्र सम्भव : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रजातन्त्रको रक्षा राजनीतिक संरचनासँगै सुशासन, पारदर्शिता, उत्तरदायित्व र विधिको शासनको प्रभावकारी कार्यान्वयनबाट सम्भव हुने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले लोकतन्त्रलाई जनजीवनसँग जोड्दै सामाजिक न्याय, समान अवसर र आर्थिक रूपान्तरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन ।
उनले वि.सं. २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्यसँगै स्थापित प्रजातान्त्रिक आधारले आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग बसालेको उल्लेख गरे । उक्त ऐतिहासिक उपलब्धिले नेपाली समाजलाई अधिकारप्रति सचेत, राजनीतिक रूपमा जागरूक र परिवर्तनप्रति प्रतिबद्ध बनाएको उनको भनाइ छ ।
मुख्यमन्त्री आचार्यले प्रजातन्त्र स्थापनाका लागि जीवन अर्पण गर्ने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे । साथै विभिन्न चरणका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अग्रज तथा लोकतन्त्रप्रेमी नागरिकप्रति सम्मान प्रकट गरेका छन् ।
उनले जनताको एकता र सङ्कल्प भए अन्याय, निरङ्कुशता र विभेदलाई पराजित गर्न सकिने सन्देश यस दिवसले निरन्तर दिँदै आएको उल्लेख गरे । लोकतान्त्रिक संस्कार, सहिष्णुता र आपसी सम्मानलाई व्यवहारमा उतार्न सके मात्र प्रजातन्त्रको सार्थकता स्थापित हुने उनको धारणा छ । राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र मान्यताप्रति पुनः प्रतिबद्ध हुने अवसर प्रदान गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण