मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इरानसँगको बढ्दो तनावका बिच सिरियाबाट बाँकी सेना झिक्दै अमेरिका

बिहीबार, ०७ फागुन २०८२, ०९ : ०५
बिहीबार, ०७ फागुन २०८२

सारांश

  • अमेरिकाले आगामी महिनाहरूमा सिरियाबाट सेना फिर्ता बोलाउने तयारी गरेको छ, बीबीसीले जनाएको छ।
  • आईएसआईएस विरुद्धको अभियानका लागि २०१५ देखि सिरियामा रहेको अमेरिकी सेना इरानसँगको तनावका कारण फिर्ता हुन लागेको हो।
  • ट्रम्पले इरानमाथि आक्रमणको तयारी अवस्थामा रहन सेनालाई निर्देशन दिएका छन्, तर अन्तिम निर्णय भइसकेको छैन।

वासिङ्टन डीसी । अमेरिकाले आगामी केही महिनाहरूमा सिरियाबाट आफ्ना बाँकी रहेका सेनाहरूलाई ठुलो मात्रामा फिर्ता बोलाउने तयारी गरिरहेको छ । ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले  बताएको भन्दै बीबीसीले समाचार छापेको छ ।

आफ्नो सिमाना भित्र आतंकवादविरुद्ध लड्न नेतृत्व लिन सिरियाली सरकार  सहमत भएको र 'स्तरमा' अमेरिकी सैन्य उपस्थिति आवश्यक नरहेको ती अधिकारीले भने । इस्लामिक स्टेट (आईएसआईएस) को प्रभावलाई रोक्न आतङ्कवाद विरोधी अभियानको एक भागको रूपमा अमेरिकी सेना २०१५ देखि सिरियामा छन्।

इरानसँग तनाव बढ्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य पूर्वमा सैन्य उपस्थिति बढाएपछि यो निर्णय आएको हो इरानसँग बढ्दो तनावबिच अमेरिकाले  मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप सुदृढ बनाइरहेको छ। अमेरिकाको विमानवाहक पोत यूएसएस अब्राहम लिंकनलाई निर्देशित क्षेप्यास्त्र बोक्ने डेस्ट्रोयर युद्धपोत र दर्जनौँ लडाकु विमानसहित इरान नजिक तैनाथ गरिएको छ।

त्यसैगरी विश्वकै सबैभन्दा ठुलो युद्धपोत मानिने यूएसएस जेराल्ड आर फोर्ड लाई पनि मध्यपूर्व पठाइएको बताइएको छ। उक्त पोत आगामी तीन साताभित्र क्षेत्रमा पुग्ने अपेक्षा गरिएको छ।

बीबीसीको अमेरिकी सहकार्य संस्था सीबीएस न्युजका अनुसार, उच्च राष्ट्रिय सुरक्षा अधिकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परेमा शनिबारदेखि नै इरानमाथि सम्भावित आक्रमणका लागि अमेरिकी सेना तयारी अवस्थामा रहने बताएका छन्। तर ट्रम्पले अन्तिम निर्णय भने गरिसकेका छैनन्।

यसबीच सिरियामा अमेरिकी सेनाले यस वर्षको सुरुमा नै दक्षिणी क्षेत्रको अल–तनफ ग्यारिसन र उत्तरपूर्वी क्षेत्रको अल–शद्दादी आधार शिविरबाट आफ्ना फौज फिर्ता गरिसकेको छ। सन् २०२४ मा बशर अल–असद नेतृत्वको सरकार पतन भएपछि र इस्लामिक स्टेट कमजोर बन्दै गएपछि सिरियाको सुरक्षा अवस्थामा सुधार आएको बताइएको छ।

त्यसपछि ट्रम्प प्रशासनले दमास्कससँग कूटनीतिक सम्बन्ध मजबुत बनाउने र सिरियाली राष्ट्रपति अहमद अल–शारासँग सहकार्य बढाउने प्रयास गरिरहेको छ। राष्ट्रपति शारा गत नोभेम्बरमा ह्वाइट हाउसमा ट्रम्पसँग भेट गर्ने पहिलो सिरियाली नेता बनेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप