सर्लाहीमा तीनवटा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु, दुई घाइते
बिहीबार, ०७ फागुन २०८२, १० : ४६
सर्लाही। जिल्लाको ईश्वरपुर नगरपालिकास्थित खिलामा तीनवटा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । दुर्घटना गएराति भएको हो ।
भारतमा दर्ता भएका मोटरसाइकल एकापसमा ठोक्किँदा हरिपुर्वा नगरपालिका–९ मिर्चैयाका मुकेश राय र रामज्ञान रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिए।
सोही स्थानका विक्रम राय र रामविश्वास राय घाइते भएका छन् । उनीहरूलाई लालबन्दीस्थित मोडल अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ । साथै तीनवटै मोटरसाइकल पनि कारबाहीका निम्ति खिचिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विप्लव नेतृत्वको नेकपा (माओवादी)का नेता असल पार्टीबाट निष्कासित
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एयर पोलुसन स्टेसन’ले राप्तीमा सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण