‘देश पहिला’ एमालेको मूल मन्त्र होः डा. युवराज खतिवडा
काठमाडौँ । नेकपा (एमाले) का नेता एवं पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले एमालेको चुनावी घोषणापत्र विगतको तुलनामा निकै भिन्न, व्यावहारिक र कार्यान्वयन योग्य रहेको दाबी गरेका छन्। ठुला र पूरा हुन नसक्ने आश्वासन बाँड्ने परम्परालाई तोड्दै यसपटक हरेक योजनाको लागत र स्रोतको समेत गहन आँकलन गरिएको उनले स्पष्ट पारेका हुन् ।
डा. खतिवडाका अनुसार यसपटकको घोषणापत्रमा ‘देश पहिला, राष्ट्र पहिलो’ भन्ने मूल मन्त्रलाई प्राथमिकतामा राखिएको छ भने लोकतन्त्र प्राप्तिपछि भएका उपलब्धि र कमजोरीलाई वस्तुनिष्ठ ढंगले प्रस्तुत गरिएको छ। घोषणापत्रमा समेटिएका महत्त्वाकांक्षी ११ बुँदे कार्यक्रमहरूका लागि राज्यलाई कुल राजस्वको करिब २ प्रतिशत मात्र दायित्व पर्ने डा. खतिवडाको दाबी छ।
यसले देशको ऋणभार नबढाउने बरु स्रोतको न्यायिक पुनर्वितरण गर्ने उनले बताए। सरकारले आफैँ उद्योग चलाउने भन्दा पनि रणनीतिक क्षेत्रमा मात्र लगानी गर्ने र निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाएर रोजगारी सिर्जना गर्ने वातावरण बनाउने एमालेको नीति रहेको उनले सुनाए। कसैलाई गाली गरेर भन्दा पनि सबैसँग समन्वय गरेर उच्च राजनीतिक चरित्रका साथ देश निर्माणमा लाग्ने उनी बताउँछन्।
राजस्व परिचालनमा कुनै कसर बाँकी नराखिने र सूचना प्रविधिको प्रयोग गरी चुहावट रोकेरै आवश्यक स्रोत जुटाइने डा. खतिवडाले जानकारी दिए। परराष्ट्र नीतिका सम्बन्धमा बोल्दै उनले नेपालको भूमिलाई कुनै पनि छिमेकी विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
नेपालको आन्तरिक मामिलामा कसैले अस्थिरता ननिम्त्याओस् भन्ने एमालेको चाहना रहेको भन्दै उनले प्रविधि र लगानीका लागि सबैसँग मित्रवत् सम्बन्ध राखिने तर कुनै पनि षड्यन्त्रको सिकार नबन्ने स्पष्ट पारे। यो निर्वाचन बनाउने र बिगार्ने शक्तिहरूबीचको छनोट भएको उनको ठहर छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण