अमेरिका र इन्डोनेसियाले गरे अतिरिक्त भन्सार महसुल घटाउने सम्झौता
सारांश
- अमेरिका र इन्डोनेशियाले अतिरिक्त भन्सार महसुल घटाउने सम्झौता गरेका छन्, जसमा आयात शुल्क घटाइनेछ।
- इन्डोनेसियाले अमेरिकी वस्तुहरूमा व्यापार अवरोध हटाउनेछ, जसमा कृषि, स्वास्थ्य सेवा, र प्रविधि समावेश छन्।
- सम्झौताअनुसार, इन्डोनेसियाले अमेरिकी सवारीसाधन सुरक्षा र उत्सर्जन मापदण्डहरू स्वीकार गर्नेछ।
वासिङ्टन डीसी । अमेरिका र इन्डोनेशियाले अतिरिक्त भन्सार महसुल (ट्यारिफ) कटौती गर्नेबारे एउटा सम्झौता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोबीच इन्डोनेसियामाथि लाग्दै आएको अमेरिकी आयात शुल्क ३२ प्रतिशतबाट घटाएर १९ प्रतिशतमा झार्ने सम्झौता भएको हो ।
बिहीबार सम्पन्न सम्झौताअनुसार इन्डोनेसियाले अमेरिकी वस्तुहरूको ९९ प्रतिशतभन्दा बढीमा व्यापार अवरोध हटाउने ह्वाइट हाउसले भनेको छ । यसमा कृषि, स्वास्थ्य सेवा, समुद्री उत्पादन, प्रविधि तथा अटोसम्बन्धी सामग्री समावेश छन् ।
अमेरिकाले पनि केही इन्डोनेसियाली वस्तु, विशेष गरी अमेरिकी कपास वा कृत्रिम रेशाबाट बनेका लुगा तथा कपडा,मा शुल्क छुट दिएको छ । अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले यो सम्झौताले व्यापार अवरोध तोड्दै अमेरिकी हितलाई अघि बढाउने बताएका छन् ।
सम्झौताअनुसार इन्डोनेसियाले अमेरिकी सवारीसाधन सुरक्षा र उत्सर्जन मापदण्ड स्वीकार गर्नेछ । साथै चिकित्सा उपकरण र औषधि उत्पादनका लागि अमेरिकी खाद्य तथा औषधि मापदण्ड पनि लागू गरिनेछ ।
यसका अतिरिक्त, इन्डोनेसियाले अमेरिकी कृषि र प्रविधि उत्पादन आफ्नो बजारमा सहज रूपमा प्रवेश गर्न दिने प्रतिबद्धता जनाएको छ । राष्ट्रपति सुबियान्तो वासिङ्टन भ्रमणका क्रममा ट्रम्प नेतृत्वको ‘बोर्ड अफ पिस’ बैठकमा सहभागी हुन पुगेका बेला उक्त सम्झौता औपचारिक रूपमा हस्ताक्षर गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
-
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
-
नक्कली भुटानी शरणार्थी प्रकरणकाे सुनुवाइ जारी
-
निर्माण व्यवसायीविरुद्ध मन्त्रीले दिएको अभिव्यक्ति प्रति सांसद स्वारकाे आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण