दलहरुको घोषणापत्र राम्रा भए पनि संरचनात्मक सुधार नभए 'आकाशको फल' हुन्छ : डा. भट्टराई
सारांश
- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चुनावी घोषणापत्रको गुणस्तरमा सुधार भए पनि संरचनात्मक सुधारको खाँचो औंल्याए।
- उनले युवाको आकांक्षालाई सम्बोधन गर्न दुई अंकको आर्थिक वृद्धिदर आवश्यक रहेको बताए, र रास्वपाको प्रशंसा गरे।
- भट्टराईले संरचनात्मक सुधार नगरे घोषणापत्रका लक्ष्यहरू पूरा नहुने चेतावनी दिए, जसमध्ये प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद प्रमुख हुन्।
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलहरूका चुनावी घोषणापत्रको गुणवत्ता विगतको तुलनामा सुधारिएको भए पनि संरचनात्मक सुधारविना ती महत्वकांक्षी लक्ष्यहरू पूरा नहुने टिप्पणी गरेका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै डा. भट्टराईले जनता र विशेषतः युवाहरूको बढ्दो आकांक्षाको चापले पुराना र नयाँ दलहरूको घोषणापत्रमा सकारात्मक प्रभाव पारेको उल्लेख गरेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना कुराहरू सापेक्ष रूपले संक्षिप्त र प्रष्ट ढंगले राख्न सकेको भन्दै प्रशंसा समेत गरेका छन्।
घोषणापत्रमा उल्लेखित लक्ष्यहरू महत्वकांक्षी देखिएको सन्दर्भमा डा. भट्टराईले त्यसलाई सकारात्मक रूपमा लिएका छन्। आफू अर्थमन्त्री हुँदा आर्थिक वर्ष २०६५/०६६ को बजेट वक्तव्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'उद्देश्य के लिनु? उडी छुनु चन्द्र एक!' भन्ने पंक्ति उद्धृत गरेको स्मरण गर्दै उनले अहिले सबै दलले उच्च लक्ष्य राख्नु खुशीको कुरा भएको बताएका छन्।
उनले आफूले संसदमा पटक-पटक 'दुई अंकको वृद्धिदर, दुई दशक निरन्तर' को नारा अघि सारेको र सो अनुसारको आर्थिक फड्को नमारेसम्म युवा बेरोजगारीको समस्या समाधान नहुने बताउँदै आएको जिकिर गरेका छन्।
डा. भट्टराईले घोषणापत्रका राम्रा कुरा कार्यान्वयनका लागि 'संरचनात्मक सुधार' अनिवार्य शर्त भएको औंल्याएका छन्। उनले भनेका छन्, 'खासगरी आन्तरिक रूपमा दिगो राजनीतिक स्थिरताको निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको व्यवस्था र बाह्य रूपमा दुई ठूला छिमेकी अर्थतन्त्रसँग जोडिन गतिशील पुलको अवधारणा कार्यान्वयन गर्नैपर्छ।'
यी सुधारहरू नगरी घोषणापत्रमा जतिसुकै राम्रा कुरा लेखिए पनि त्यो 'आकाशको फल आँखा तरी मर्' भनेझैं हुने उनको चेतावनी छ।
शासकीय स्वरूप परिवर्तन र संरचनात्मक सुधारको विषयमा प्रमुख दलहरू चुप रहनु वा विपक्षमा उभिनु विडम्बनापूर्ण रहेको डा. भट्टराईको ठहर छ।
यद्यपि, रास्वपाले यो विषयलाई उठाएकोमा उनले सन्तोष व्यक्त गरेका छन्। 'कमसेकम रास्वपाले झिनै स्वरमा भए पनि यी दुई कुरा उठाएकोमा केही आशा पलाएको छ,' भट्टराईले लेखेका छन्।
उनले निर्वाचनबाट म्यान्डेट लिएर संरचनात्मक सुधार कार्यान्वयन गर्न सके मात्र नयाँ समृद्ध नेपालको सपना पूरा हुने, अन्यथा यो निर्वाचन पनि अर्को कर्मकाण्ड मात्र हुने चेतावनी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड
-
वाणिज्य बैंकमा सुन धितो राखेकाहरूले गरे प्रदर्शन
-
बागमतीको बजेटः स्थानीय तहलाई नगदभन्दा ‘प्रोजेक्ट’ मा जोड
-
नेपालले भारत र चीनसँगको सम्बन्धलाई आर्थिक समृद्धिमा बदल्नुपर्छ : अर्थशास्त्री ओली
-
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न
-
रास्वपाका दुई महामन्त्री पदमा आकांक्षीको लर्काे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण