रास्वपा कार्यकर्ताले झण्डा जलाएको भन्दै एमाले दाङद्वारा भर्त्सना
सारांश
- एमाले दाङले रास्वपाका कार्यकर्ताले पार्टीको झण्डा जलाएको र नाराबाजी गरेको भन्दै आपत्ति जनाएको छ।
- तुलसीपुर बजारमा रास्वपाका कार्यकर्ताले केपी ओलीविरुद्ध नाराबाजी र झण्डा जलाएपछि एमालेले विज्ञप्ति जारी गरेको हो।
- एमालेले रास्वपालाई जिम्मेवार हुन आग्रह गर्दै यस्ता गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।
दाङ । नेकपा (एमाले) दाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले आफ्नो पार्टीको झण्डा जलाएको र नेतृत्वविरुद्ध नाराबाजी गरेको भन्दै आपत्ति जनाएको छ।
गएराति तुलसीपुर बजार क्षेत्रमा रास्वपा सम्बद्ध व्यक्तिहरूले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अशोभनीय नारा लगाउनुका साथै पार्टीको झण्डा जलाएको भन्दै एमाले जिल्ला कमिटीले शुक्रबार एक विज्ञप्तिमार्फत भर्त्सना गरेको हो।
जिल्ला अध्यक्ष शिवकुमार आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतान्त्रिक संस्कार र विधिको शासनमाथि प्रहार हुने गरी भएको उक्त गतिविधि अराजक र असभ्य भएको उल्लेख छ।
विचार र जनमतबाट राजनीतिक असहमति व्यक्त गर्नुपर्नेमा हिंसात्मक र उत्तेजक व्यवहार देखाउनु राजनीतिक अपरिपक्वता भएको एमालेको ठहर छ।
एमालेले रास्वपालाई जिम्मेवार राजनीतिक शक्तिको रूपमा प्रस्तुत हुन आग्रह गर्दै क्षणिक चर्चाका लागि गरिने उग्र प्रदर्शन र प्रियतावादले अन्ततः दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिएको छ।
विज्ञप्तिमा एमालेको धैर्यता र संयमतालाई कमजोरीका रूपमा नलिन सचेत गराउँदै यस्ता गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरिएको छ। साथै, एमालेले आफ्ना कार्यकर्तालाई उच्च मनोबलका साथ लोकतान्त्रिक मूल्यको रक्षा र सुदृढ प्रतिवादको पक्षमा उभिन अपिल समेत गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण