बागमती प्रादेशिक ललितकला प्रदर्शनी सुरु, तस्बिरहरू
काठमाडाैँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ काठमाडौंमा सुरु भएको छ । यो प्रदर्शनी अन्य प्रदेशहरूमा सम्पन्न भएपछि बागमती प्रदेशको लागि अन्तिम चरणमा आयोजना गरिएको हो ।
प्रदर्शनीमा बागमती प्रदेशका सयौं कलाकारहरूका चित्रकला, मूर्तिकला, परम्परागत कला, समकालीन सिर्जना, हस्तकला तथा अन्य बहुआयामिक कलाकृतिहरू समावेश गरिएका छन् । यसमा २३० भन्दा बढी कलाकृतिहरू प्रदर्शनमा राखिएको बताइएको छ ।
प्रदर्शनीले प्रदेशका मौलिक, रैथाने तथा आधुनिक कलाहरूलाई एकै ठाउँमा प्रस्तु गर्दै नेपाली ललितकलाको विविधता र सौन्दर्यलाई उजागर गर्ने लक्ष्य राखेको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यो प्रदर्शनीलाई प्रादेशिक स्तरको कलाकारहरूको सिर्जनालाई राष्ट्रिय मञ्चसम्म पुर्याउने महत्वपूर्ण पुलको रूपमा लिएको छ ।
यसबाट छनोट हुने उत्कृष्ट कलाकृतिहरू पछि हुने राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२ मा समावेश हुनेछन् । प्रदर्शनी अवधिभर दर्शकहरूले विभिन्न विधाका कलाकृतिहरूको प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् ।
यो आयोजनाले स्थानीय तथा प्रादेशिक कलाकारहरूलाई प्रोत्साहन दिनुका साथै नेपाली कलाक्षेत्रमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ । प्रदर्शनी नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिसरमा जारी रहनेछ ।























































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण