पशुपति मन्दिर परिसरमा युवकको हत्या
सारांश
- पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको हत्या भएको छ, प्रहरीले जनाएको छ।
- अनुसन्धानबाट युवकको हत्या चिम्टा र बाँसको चिर्पटले प्रहार गरी गरिएको खुलेको छ।
- महाशिवरात्रिको मेलामा विवाद हुँदा भारतीय साधुसहितको समूहले हत्या गरेको आशंका गरिएको छ।
काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा एक जना युवकको हत्या भएको छ । फागुन ६ मा संखुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी मृत अवस्थामा भेटिएका हुन् । आर्यघाट पारिपट्टि आरती गर्ने स्थलको शिवालयमा उनको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
प्रारम्भिक अनुसन्धानबाट उनको हत्या भएको थाहा भएको छ । चिम्टा र बाँसको चिर्पटले प्रहार गरेर उनको हत्या गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
महाशिवरात्रिको मेलामा पशुपति पुगेका भारतीय साधु निरज नाथ समेतको समूहसँग वादविवाद हुँदा समूह मिलेर उनलाई चिम्टा लगायतका बस्तुले प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
हत्यामा संलग्न आशङ्कामा भारतको उत्तर प्रदेश मथुरा घर भएका ४८ वर्षीय निरज नाथ र दोलखा बैतेश्वर गाउँपालिका घर भएका २३ वर्षीय आशीर्वाद नाथ योगी भन्ने सरोज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूसँग सोधपुछ गर्ने काम भइरहेको एसपी भट्टराईले बताए । आरोपीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।
फागुन ५ मा राति उनको हत्या भएको हो । मृतक गिरी काठमाडौँ महानगरपालिका–८ स्थित पशुपति मन्दिर क्षेत्रमा बस्दै आएका थिए । उनको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटेश्वर र जडीबुटीमा यात्रु तान्ने र झोला खोस्ने काउन्टर कर्मचारी तथा चालक पक्राउ
-
विरोधका निम्ति होइन, परिणामका निम्ति प्रतिपक्षमा छौँ : भीष्मराज आङ्देम्बे
-
रास्वपाको बन्दसत्र ढिलाइ भएपछि हलभित्र एसीमा आराम गर्दै प्रतिनिधि, तस्बिरहरू
-
बलिउड अभिनेता पंकज त्रिपाठीका दाइमाथि घातक हमला
-
४८ करोडको नाङ्गेडाडा बृहत पम्पिङ खानेपानी आयोजना उद्घाटनमै सीमित
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण